Trinamool Congress

अफगान संकटबारे सर्वदलीय बैठक तृणमूल कंग्रेस पनि उपस्थित हुने

अफगान संकटबारे सर्वदलीय बैठक तृणमूल कंग्रेस पनि उपस्थित हुने

अफगान संकटलाई लिएर केन्द्र सरकारले डाकेको सर्वदलीय बैठकमा तृणमूल कंग्रेस पनि उपस्थित हुनेछ । मुख्यमन्त्री ममता ब्यानर्जीले सोमवार नवान्नमा पत्रकारहरूलाई भनिन्, अफगानिस्तानमा फँसेकाहरूलाई स्वदेश फर्काउनको निम्ति केन्द्र र राज्य सरकारले एकसाथ मिलेर कार्य गरिरहेका छन् । २६ अगस्त केन्द्रले डाकेको सर्वदलीय बैठकमा तृणमूल कंग्रेस पनि उपस्थित हुनेछ । केन्द्र सरकारले अफगानिस्तान संकटलाई लिएर चर्चाको निम्ति आउँदो बिहीवार सर्वदलीय बैठक डाकेको छ । विदेश मन्त्री एस. जयशंकरले सोमवार ट्रीट गरेर यस्तो कुरा जनाए । तिनले ट्वीटमा लेखे प्रधानमन्त्रीले विदेश मन्त्रालयलाई संसदका सबै दलका नेतालाई अफगान परिस्थितिबारे अवगत गराउने निर्देश दिएका छन् । संसदीय मन्त्री प्रह्लाद जोशीले ट्वीट गरेर भने, २६ अगस्त…
Read More
‘सरकारले कानून बनाउँदै छ कि पापड़ी चाट ‘

‘सरकारले कानून बनाउँदै छ कि पापड़ी चाट ‘

तृणमूल कांग्रेस सांसद डेरेक ओब्रायनले संसदमा विधेयक छिटो पारित गराएकोमा केन्द्र सरकारलाई निशाना बनाएका छन्। व्यंग्यात्मक ढंगमा, डेरेक ओब्रायनले सोध्नुभयो कि के सरकारले पापडी चाट बनाइरहेको छ'। टीएमसीका राज्यसभा सांसदले केन्द्र सरकारलाई संसदको पवित्रता उल्लूघन गरेको आरोप लगाएका छन् | सोमबार बिहान, डेरेकले ट्विटरमा एक ट्रीट पोस्ट गरे र लेखे, पहिलो १० दिनमा, मोदी र शाह जोड़ीले तीव्रता देखाउँदै १२ बिल पारित गरे, जसको औसत ७ मिनेट प्रति बिल हुन्छ । उनले लेखेका छन्, बिल पास गराउनु हुँदैछ कि पापड़ी चाट बनाउनु हुँदैछ । डेरेक ओब्रायनले आफ्नो ट्रीटको साथ संसदको दुबै सदनमा पारित विधेयकहरुको सूची पनि संलग्न गरेका थिए यस…
Read More
प्रशान्त किशोर कंग्रेसमा सामेल हुनसक्ने

प्रशान्त किशोर कंग्रेसमा सामेल हुनसक्ने

कंग्रेसले चुनाउ रणनीतिकार प्रशान्त किशोरलाई आफ्नो पार्टीमा समावेश गर्न चाहन्छ ? र प्रशान्त किशोर आफैं भारतको सबैभन्दा पुरानो पार्टीसंग आफ्नो नयाँ राजनीतिक पारी शुरू गर्ने मूडमा हुनुहुन्छ ? राहुल गान्धी र प्रियंका गान्धीसँगको भेट र महत्त्वपूर्ण बैठकपछि प्रशांत किशोर कंग्रेसमा सम्मिलित हुने भन्ने बारेको राजनीतिक महलमा अटकलको बजार तातो छ। यो पनि भनिएको छ कि राहुल गान्धीले बैठक गरेर प्रशान्त किशोरलाई कंग्रेसमा समावेश गर्न पार्टी नेताहरूको राय खोजेका थिए कंग्रेसको सर्कलमा यसको होहल्ला तीव्र भएको छ तर पार्टी वा प्रशान्त किशोरले यस सम्बन्धमा कुनै बयान दिएका छैनन् । यस सम्बन्धमा सम्बन्धित तीन व्यक्तिले नाम न छाप्ने सर्तमा भने, २२ जुलाईमा…
Read More
ममताको सोनिया राहुलसँग कुराकानी

ममताको सोनिया राहुलसँग कुराकानी

संसदको मनसून सत्रमाझ कंग्रेसका अन्तरिम अध्यक्ष सोनिया गान्धी अनि पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले बुधवार बेलुकी १० जनपथमा भेटघाट गरे। यस अवधि २०२४ सालको लोकसभा चुनाउमा विपक्षी एकताको स्वरूपबारे दुवै विपक्षी नेत्रीहरूले कुराकानी गरे । यसअघि मंगलवार कंग्रेसका वरिष्ठ नेता कमलनाथ अनि आनन्द शम लि ममता ब्यानर्जीलाई भेटेका थिए। सूत्रहरूअनुसार, बैठकमा पेगासाससमेत मूल्यवृद्धि, भ्याक्सिन अनि जनहितसँग जड़ित अन्य मुद्दाहरूमा केन्द्रको भाजपा सरकारलाई घेर्ने रणनीति बनाइयो । पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, सोनियाजीले मलाई चियामा आमन्त्रित गरेकी थिइन्, राहुलजी पनि त्यहाँ थिए, हामीले सामान्य रूपमा राजनीतिक स्थिति, पे गासस जासुसी मामिला अनि देशमा कोरोना स्थितिबारे चर्चा गयौं । साथै विपक्षको…
Read More
राजस्थानको मन्त्रीमण्डलमा फेरबदलको निर्णय कंग्रेस आलाकमानले गर्ने

राजस्थानको मन्त्रीमण्डलमा फेरबदलको निर्णय कंग्रेस आलाकमानले गर्ने

कांग्रेस उच्च कमाण्डले राजस्थानमा अशोक गहलोत सरकारको मन्त्रिपरिषद् भएको फेरबदलको निर्णय गर्नेछ । यो जानकारी दिँदै पार्टी स्रोतहरूले भने, राज्य मन्त्रिपरिषद् बहुप्रतीक्षित परिवर्तन आगामी केही दिनमा हुन सक्छ । पार्टीका संगठन महासचिव केसी भेणुगोपाल र कांग्रेस प्रवक्ता कमाण्डको सन्देश लिएर शनिबार राति जयपुर पुगेका राज्य प्रभारी अजय माकनले मुख्यमन्त्री अशोक गहलोतसँग लामो छलफल गरे । झन्डै अडाई घण्टा चलेको यो बैठकमा मन्त्रिपरिषद् विस्तार र फेरबदल र राजनीतिक नियुक्ति सम्बन्धी छलफल गरियो । पार्टी स्रोतहरूले भने, शनिबार रातीसम्म छलफल पछि यी नेताहरूले मन्त्रिपरिषद् विस्तारको निर्णयलाई पार्टी कमाण्डमा छोड्ने निर्णय गरे । स्रोतले भने कि यी नेताहरूको छलफलपछि मन्त्रिपरिषद्मा परिवर्तन वा विस्तार…
Read More
शहीद दिवसमा तृणमूल कांग्रेसको भर्चुअल बैठक, शहीदलाई श्रद्धांजलि

शहीद दिवसमा तृणमूल कांग्रेसको भर्चुअल बैठक, शहीदलाई श्रद्धांजलि

जुलाई २१ मा, सिलिगुडीमा सत्तारुढ तृणमूल कांग्रेसले भर्चुअल बैठक आयोजना गर्यो। कोरोना संक्रमणको कारण यसै वर्ष राज्यभरमा शहीद दिवस समारोह आयोजना हुँदैछ। दार्जिलि जिल्लाका नेता र कार्यकर्ताहरू बुधवार, जुलाई २१ मा सिलिगुडीको कञ्चनजंगा स्टेडियमको मेला मैदानमा विशाल पर्दा मार्फत शहीद दिवसमा उपस्थित भए। मेला मैदानमा शहीद दिवस मनाउने तयारी धेरै दिनदेखि चलिरहेको थियो, आज तृणमूल कांग्रेस र यसका शाखा संगठनहरूले मेला मैदानमा शहीद दिवस मनाए। तृणमूल नेताहरूले आज यहाँ शहीद बेदीमा झण्डा फहराए र जुलाई २१ का शहीदलाई श्रद्धांजलि अर्पण गरे। यस अवसरमा युवा तथा महिला तृणमूल कांग्रेसले आयोजना गरेको सांस्कृतिक कार्यक्रम आयोजना गरियो। कार्यक्रममा त्रिनिमाल नेता र सिलिगुडी नगर…
Read More