20
Jul
एक ओलिम्पिक्स खेलाडीले टोक्योस्थित ओलिम्पिक भिलेजमा खेलाडीहरूलाई कार्डबोर्डबाट बनेको खाट विशेष उद्देश्यले दिइएको भन्ने चर्चा असत्य भएको पुष्टि गरिदिएका छन्। वातावरणीय र दिगो योजना टोक्यो ओलिम्पिक्स २०२० ले प्रमुख महत्त्व दिएको छ। नवीकरणीय स्रोतबाट विद्युत् आएको छ भने ओलिम्पिक्स टर्च पुनर्प्रशोधित एल्युमिनीअम र पदकहरू पनि पुनर्प्रशोधित यन्त्रबाट निर्माण गरिएका छन्। यसका कारण खेलाडीहरूलाई दिइएको कार्डबोर्डबाट बनेको खाटको पछाडि यौन गतिविधि नियन्त्रण गर्ने उद्देश्य भएको आशङ्का गरिएको थियो। केही मिथ्या सूचनामा ती खाट एकभन्दा बढी व्यक्ति सुतेमा भाँच्चिनेगरी बनाइएको र त्यसका उद्देश्य खेलाडीहरूले यौन सम्पर्क नगरून् तथा सामाजिक दूरी कायम राखून् भन्ने भएको दाबी गरिएको थियो। यसका निर्माताहरूले ती खाटमा २००…