Tokyo Olympics

स्वर्ण पदक जित्ने सिन्धुको सपना सपना अधुरै

स्वर्ण पदक जित्ने सिन्धुको सपना सपना अधुरै

भारतकी स्टार ब्याडमिण्टन खेलाड़ी पीभी सिन्धुको टोक्यो ओलम्पिक खेलहरूमा स्वर्ण पदक जित्ने सपना शनिवार चाइनीज ताइपेकी विश्वकी नम्बर एक खेलाड़ी ताइ जु यिड्ग विरुद्ध सीधा गेममा पराजयको साथ भताभुङ्ग भयो । रियो ओलम्पिकमा रजत पदक विजेता सिन्धुले पहिलो गेममा त ताइ जु समक्ष कड़ा चुनौती पेश गरिन् तर अन्तमा उनले ४० मिनटसम्म चलेको क्वार्टर फाइनल म्याचमा १८-२१, १२-२१ ले हारको सामना गर्नु पन्यो । सिन्धुसँग अहिले पनि ओलम्पिकमा दुईवटा व्यक्तिगत पदक जित्ने पहिलो भारतीय महिला खेलाड़ी बन्ने मौका रहेको छ । सिन्धुले आइतवार खेलिने काँस्य पदकको म्याचमा चीनकी बी बिड्ग जियाओको चुनौती स्वीकार्नेछिन् । जियाओले अन्य एउटा सेमिफाइनलमा आफ्नै देशकी…
Read More
टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा

टोकियो ओलम्पिकः जापान फुटबलको सेमिफाइनलमा

आयोजक जापानले न्युजिल्यान्डलाई पेनाल्टी सुट आउटमा ४–२ ले हराउँदै पुरुष फुटबलको सेमिफाइनलमा स्थान बनाएको छ। निर्धारित ९० र थपिएको ३० मिनेटमा गोलरहित बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो। टाई ब्रेकरमा न्युजिल्यान्डका लिबर्टो काकासेको प्रहार जापानका गोलकिपर तानी कोसेईले बचाइदिएका थिए भने क्लेटन लेविसको प्रहार बाहिरिएको थियो। जापानले अब फाइनल प्रवेशका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।
Read More
मेरिकोमको ओलम्पिक अभियानमा विराम

मेरिकोमको ओलम्पिक अभियानमा विराम

भारतकी दिग्गज महिला बक्सर तथा ६ पल्टकी विश्व च्याम्पियन एमसी मेरिकोम (५१ किग्रा) को दोस्रो ओलम्पिक पदक जित्ने सपना बिहीवार टोक्यो खेलहरूका क्वार्टर फाइनलमा रियो ओलम्पिककी काँस्य पदक विजेता कोलम्बियाकी इन्ग्रिट भेलेन्सिया विरुद्ध २-३ ले हारको साथ भताभुङ्ग भयो। लण्डन ओलम्पिक २०१२ मा काँस्य पदक विजेता 'सुपरमम्' मेरिकोमले यस चुनौतीपूर्ण म्याचमा आफ्नो सर्वश्रेष्ठ प्रयास गरे पनि जीत हासिल गर्न सकिनन् । यो ३८ वर्षीय महान बक्सरको अन्तिम ओलम्पिक लड़ाईं पनि थियो । रेफरीले बाउटको अन्तमा भेलेन्सियालाई विजेता घोषित गर्दा मेरीकोमको आँखामा आँशु भए पनि अनुहारमा मुस्कान थियो । उनले प्रतिद्वन्द्वीलाई अँगालेर खेल भावनाको परिचय दिइन् । क्वार्टर फाइनल बाउटमा पहिलो…
Read More
धनु-काँड़मा पदकको नजिक पुगिन् दीपिका

धनु-काँड़मा पदकको नजिक पुगिन् दीपिका

भारतकी दिग्गज महिला धनुर्धर दीपिका कुमारीले टोक्यो ओलम्पिकको धनु- काँडू (आर्चरी) प्रतियोगिताअन्तर्गत महिलाहरूका व्यक्तिगत धनुकाँड़ स्पर्धाको दोस्रो राउण्डमा अमेरिकाकी जेनिफर फर्नाण्डेज मुचिनोलाई पराजित गरिन् । दीपिकाले भूटानकी कर्मालाई पराजित गरी दोस्रो राउण्डमा स्थान बनाएकी थिइन् । दीपिकाले कर्मालाई सजिलैसँग ६-० ले पराजित गरी प्री-क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन् । उनले दोस्रो राउण्डमा पनि असाधारण प्रदर्शन गर्दै जेनिफरलाई ६-४-ले पराजित गरिन् । दीपिकाले प्री-क्वार्टर फाइनलमा पहिलो सेट गुमाइन् तर असाधारण पुनरागमन गर्दै परवर्ती दुईवटा सेट जितिन्। चौथो सेटमा दीपिका फेरि एकपल्ट फेरि पछि भइन् तर पाँचौँ तथा निर्णायक सेट आफ्नो नाम गरी उनले वाधालाई पार गरिन् । यसरी दीपिकाले पदक जित्ने…
Read More
सिन्धु सजिलै प्री क्वार्टर फाइनलमा

सिन्धु सजिलै प्री क्वार्टर फाइनलमा

वर्तमान विश्व च्याम्पियन भारतकी पीभी सिन्धुले बुधवार ग्रुप जे को म्याचमा हड्ङ्गकङ्गकी नागवान यी चियुगलाई पराजित गरी टोक्यो ओलम्पिकको महिला एकल ब्याडमिण्टन स्पर्धाको प्री क्वार्टर फाइनलमा प्रवेश गरिन्। रियो ओलम्पिकमा रजत पदक विजेता सिन्धुले विश्वकी ३४औं नम्बरकी खेलाड़ी चिथुङ्गलाई केवल ३५ मिनटमा २१-९, २१-१६ ले पराजित गरी ग्रुपमा शीर्ष स्थान हासिल गरिन् सिन्धुको चियुङ्ग विरुद्ध छैटौं म्याचमा यो छैटीं जीत हो । विश्वकी सातौं नम्बरकी खेलाड़ी सिन्धुले अब प्री क्वार्टर फाइनलमा ग्रुप आई को शीर्ष स्थानमा रहने डेनमार्ककी विश्वकी १२औँ नम्बरकी खेलाड़ी मिया ब्लिचफेल्टको चुनौती स्वीकार्नेछिन् सिन्धुको ब्लिचफेल्ट विरुद्ध जीत-हारको रेकर्ड ४१ रहेको छ डेनमार्ककी खेलाडीले सिन्धु विरुद्ध एकमात्र जीत…
Read More
टोक्यो ओलिम्पिक्स: ६३ हजार मानिस बस्ने सानो देशले पहिलो पटक स्वर्ण पदक

टोक्यो ओलिम्पिक्स: ६३ हजार मानिस बस्ने सानो देशले पहिलो पटक स्वर्ण पदक

ट्रायाथ्लन खेलमा फ्लोरा डफीको जितसँगै जम्मा ६३,००० हजार जनसङ्ख्या भएको बर्म्यूडा ग्रीष्मकालीन ओलिम्पिक्समा स्वर्ण पदक जित्ने सबैभन्दा सानो देश अथवा क्षेत्र बन्न पुगेको छ। तेत्तीस वर्षीया फ्लोरा डफी चौथो पटक ओलिम्पिक्समा सहभागी भएकी थिइन्। उक्त खेलका लागि मैदानमा रहेका ५६ महिलामध्ये उनी उत्कृष्ट साबित भइन्। उनले ट्रायाथ्लनका सबै कार्य एक घण्टा ५५ मिनेट ३६ सेकेन्डमा पूरा गरिन्। त्यो भनेको ब्रिटेनकी जोर्जिया टेलर-ब्राउन र अमेरिकाकी केटी जाफेरेसको तुलनामा एक मिनेटभन्दा अगाडि हो। ग्रीष्मकालीन ओलिम्पिक्समा पदक जित्ने सबैभन्दा कम जनसङ्ख्या भएको देशको रेकर्ड यसअघि पनि बर्म्यूडाकै नाममा थियो। सन् १९७६ मा क्लारेन्स हिलले बक्सिङमा कांस्य पदक जितेपछि उक्त देशको नाममा त्यो कीर्तिमान…
Read More
ओलम्पिक भिलेजमा थप ७ जना कोरोना संक्रमित थपिए

ओलम्पिक भिलेजमा थप ७ जना कोरोना संक्रमित थपिए

टोकियो ओलम्पिक औपचारिक सुरु भएको चौथो दिनपनि कोरोना संक्रमण हुनेको संख्या रोकिएको छैन । आज (मंगलबार) मात्र दुई खेलाडी सहित थप सात जनामा कोरोना पोजेटिभ देखिएको छ ।  सोमबार मात्र १६ जनामा संक्रमण देखिएकोमा आज थप सात जना संक्रमित देखिएका छन । योसंगै ओलम्पिकमा कोभिड देखिनेको संख्या पछिल्लो २७ दिनमा एक सय ५५ पुगेको छ । जापानी सञ्चार माध्यमका अनुसार ओलम्पिकका लागि गएका नेदरल्याण्ड्सका टेनिस खेलाडीलाई पोजेटिभ देखिएको बताइएको छ ।  ओलम्पिक आयोजकले कोरोना पोजेटिभको संक्रमणलाई कम गर्नका लागि बबल सिस्टम बनाएको छ । विश्व खेलकुदको महाकुम्भ मेलाका लागि विश्वका ११ हजार भन्दा बढि टोकियो पुगेका थिए भने केहि स्वदेश…
Read More
टोक्यो ओलिम्पिक्स: तेह्र वर्षीया जापानी खेलाडी जसले स्वर्ण पदक जितेर इतिहास रचिन्

टोक्यो ओलिम्पिक्स: तेह्र वर्षीया जापानी खेलाडी जसले स्वर्ण पदक जितेर इतिहास रचिन्

"मैले जित्छु भन्ने सोचेकी थिइनँ तर म नजिकैका मानिसले मलाई हौसला दिए। त्यसैले म खुसी छु," उनले भनिन्। उनी टोक्यो ओलिम्पिक्समा पहिलो पटक समाविष्ट खेलमा प्रतिस्पर्धा गरिरहेकी थिइन्। स्केटबोर्डिङ ओलिम्पिक्समा समावेश गरिएका पाँच नयाँ विधामध्येको एउटा खेल हो। "म जापानमा ओलिम्पिक जितेर खुसी छु। अनि म सबैभन्दा कम उमेरका प्रतियोगीमध्ये एकका रूपमा पहिलो ओलिम्पिक जित्दा निकै प्रसन्न छु," उनले भनिन्। महिला स्ट्रीट स्केटबोर्डिङ ओलिम्पिक्स गेम्सको इतिहासमा सबैभन्दा कम उमेरको व्यक्तिगत स्पर्धा हो। यसमा खेल्ने खेलाडीको औसत उमेर १४ वर्ष १९१ दिन थियो। हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान मार्जोरी गेस्टिङको नाममा छ। उनले सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष…
Read More
ओलम्पिकका खेलाडीहरूलाई मोदीले दिए शुभकामना

ओलम्पिकका खेलाडीहरूलाई मोदीले दिए शुभकामना

मन की बातमा राष्ट्रसँग कुराकानी गर्दै प्रधानमन्त्री मोदीले टोकियो ओलम्पिकका लागि खेलाडीहरूलाई शुभकामना व्यक्त गरे । उनले टोकियो ओलम्पिकमा भारतीय खेलाडीहरूको सहभागिताका साथ मन की बात शुरु गरे । प्रधानमन्त्री मोदीले भने दुई दिन पहिलेका केही - अद्भुत चित्रहरू मेरो आँखा अगाडि छन्। म मात्र होइन तर टोकियो ओलम्पिकमा खेलेको खेलाडीहरू देख्दा सम्पूर्ण देश रोमाञ्चित भयो । जसरी पूरा देश एकजुट भएर यी योद्धाहरूलाई भने, विजयी भव प्रधानमन्त्री मोदीले भने, जब यी खेलाडीहरू भारतबाट गएका थिए, मसँग तिनीहरूसँग कुरा गर्ने अवसर पाएँ । यी खेलाडीहरू जीवनका धेरै चुनौतीहरूलाई पार गर्दै यहाँ पुगेका छन् । आज तिनीहरूसँग तपाईंको प्रेम र समर्थनको…
Read More
सहभागी देशले कति स्वर्ण, रजत र कांस्य पदक जितेका छन्?

सहभागी देशले कति स्वर्ण, रजत र कांस्य पदक जितेका छन्?

२०२० ओलिम्पिक्सअन्तर्गत जापानका ४२ खेलस्थलमा ३३ खेलका ३३९ प्रतिस्पर्धा भइरहेका छन्टो। क्यो ओलिम्पिक्समा सहभागी कुन टोलीले कति पदक जिते र कुन स्थानमा रहेका छन् भन्ने जानकारी दिने यो पाना स्वत: अद्यावधिक हुनेछ। सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुने टोक्यो ओलिम्पिक्स २०२० का पहिलो पदकहरूको घोषणा जुलाई २४ मा हुनेछ। Click here to view the source
Read More