Taliban

भारत र तालिबानबीच कतारमा वार्ता

भारत र तालिबानबीच कतारमा वार्ता

अफगानिस्तानबाट अमेरिकी सेना पूर्ण रुपमा फिर्ता भएको केही घन्टामा नै भारत र तालिबान प्रतिनिधिबीच पहिलोपटक वार्ता भएको छ । कतारका लागि भारतीय राजदूते दीपक मित्तलले तालिबानको कतारस्थित राजनीतिक कार्यालयका प्रमुखसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । तालिबान पक्षको आग्रहमा कतारस्थित भारतीय दूतावासमा सो बैठक भएको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार वार्ता अफगानिस्तानमा रहेका भारतीय नागरिकको सुरक्षामा केन्द्रित थियो । त्यसैगरी भारतले तालिबानको अल्पसंख्यकको विषय पनि उठाएको थियो । भारतीय पक्षले अफगानिस्तानको भूमि आफूविरुद्ध प्रयोग नहोस भनी आग्रह गरेका थिए । पछिल्लो समय तालिबान नेतृत्वले भारत यस क्षेत्रको महत्वपूर्ण शक्ति भएको भन्दै आफूहरुले सम्बन्ध विस्तार…
Read More
आफ्ना सेनालाई फिर्ता गर्ने कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्।

आफ्ना सेनालाई फिर्ता गर्ने कदमको अमेरिकी राष्ट्रपति जो बाइडनले बचाउ गरेका छन्।

अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले 'अझै त्यहाँ बसिरहनुको अर्थ थिएन' भने। उनले तालिबान शासनलाई छल्न अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरेकोमा सेनाको प्रशंसा गरे। इस्लामिक विद्रोही समूह तालिबानले चाहिँ अमेरिकी बहिर्गमनलाई जितका रूपमा अर्थ्याउँदै उत्सव मनाएको छ। सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको हमलापछि उसको नेतृत्वमा अफगानिस्तानमा अन्तर्राष्ट्रिय सेना प्रवेश गरेर तालिबान सत्तालाई अन्त्य गरिदिएको थियो। अमेरिकामा भएको आतङ्कवादी हमलाको जिम्मा लिएको अलकायदाको आधार उक्त देश रहेको भन्दै त्यसबेला अमेरिकाले हमला गरेको थियो। अचानक अमेरिकी फौज फिर्ता गर्ने निर्णयलाई लिएर बाइडनले देशभित्र र अमेरिकी…
Read More
तालिबानले भन्यो – ‘शीर्ष नेता मुल्ला हिब्तोल्लाह चाँडै सार्वजनिक हुन्छन्’

तालिबानले भन्यो – ‘शीर्ष नेता मुल्ला हिब्तोल्लाह चाँडै सार्वजनिक हुन्छन्’

अफगानिस्तानको सत्ता कब्जा गरेको तालिबानका सर्वोच्च नेता मुल्ला हिब्तुल्लाह अखुन्दजादा चाँडै सार्वजनिक हुने भएका छन्। तालिवानले शीर्ष नेता मुल्ला हिब्तोल्लाह चाँडै नै सार्वजनिक हुने बताएको छ । तालिवानका स्रोतले आफुहरुको शीर्ष नेता मुल्ला हिब्तोल्लाह अखुन्दजादा कन्दाहारमा रहेको र छिट्टै सार्वजनिक रुपमा देखा पर्ने बताएको छ । उनी अहिले अफगानिस्तानको कान्दाहरमै रहेको पनि तालिबान स्रोतले जानकारी दिएको बीबीसीले जनाएको छ । मुल्ला हिब्तुल्लाह कन्दाहारका एक धार्मिक विद्वान थिए, जो २०१६ मा अफगान तालिबानका प्रमुख बनेका थिए । उनीइस्लामी नेताहरु मध्ये एक हुन् जसले ८० को दशकमा अफगानिस्तानमा रूसी सेनाको विरोध गरेका थिए, तर उनको छवि एक सैन्य कमाण्डर भन्दा एक धार्मिक…
Read More
तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

तालिबानद्वारा अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

२० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा विभाग प्रमुख पनि नियुक्त गरेको छ । अफगानिस्तानको पाजहोक समाचार एजेन्सीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेअनुसार तालिबानले मंगलबार गुल आगालाई अर्थमन्त्री र सदर इब्राहिमलाई कार्यवाहक गृहमन्त्री बनाएको हो । यसैगरी सखउल्लाहलाई कार्यवाहक शिक्षा प्रमुख र अब्दुल बाकीलाई उच्च शिक्षाको कार्यवाहक प्रमुख बनाइएको छ । मुल्ला शिरिन काबुलको गभर्नर, हमदुल्ला नोमानी काबुलको मेयर र नजिबुल्लाह गुप्तचरको प्रमुख नियुक्त भएका छन् । तालिबानले यसअघि आफ्नो प्रवक्ता जबिहुल्लाह मुजाहिदलाई संस्कृति तथा सूचनामन्त्री नियुक्त गरेको…
Read More
महिला पत्रकारलाई अफिस जानबाट रोकियो

महिला पत्रकारलाई अफिस जानबाट रोकियो

मेरो नाम शबनम डवरान हो। म अफगानिस्तानमा विगत ६ वर्षदेखि पत्रकारिता गर्दै आएकी छु म अफगानिस्तानको सरकारी मिडिया आरटीएमा काम गर्छ जब तालिबानले कब्जा लियो तब मैले हार मानिनँ। म अफिस गएँ तर दुर्भाग्यले मलाई अफिसमा प्रवेश गर्न दिएन । मैले आफ्नो परिचय पत्र देखाएँ। तर मलाई अब मैले नोकरी खान नपाउने बताइयो किनभने नियम फेरिएको छ रे । जसले मेरो कुरा सुनिरहेका छन्, उनीहरुले कृपया मद्दत गर्नुहोस्। हाम्रो जीवन खतरामा छ। अफगानिस्तानकी एक कार्यक्रम प्रस्तोता शबनमको यो भिडियो सोसल मिडियामा शेयर भइरहेको छ । यो भिडियोमा उनले यही कुरा गरिरहेकी छिन् समाचार एजेन्सी एएफपीले यो भिडियो जारी गरेको छ…
Read More
१५० भारतीयसहित विदेशी नागरिक तालिबानको नियन्त्रणमा

१५० भारतीयसहित विदेशी नागरिक तालिबानको नियन्त्रणमा

अफगानिस्तानमा तालिबानहरुले १५० भारतीय नागरिकसहित विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । तालिबान लडाकुले काबुल विमानस्थलको गेटमा नियन्त्रणमा लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । नियन्त्रणमा लिइएकामा भारतीय नागरिकसहित अफगानी शिख समुदायका व्यक्तिहरु समेत रहेको जनाइएको छ । भारतको विदेश मन्त्रालयबाट यसबारे औपचारिक प्रतिक्रिया आइसकेको छैन । नियन्त्रणमा लिइएकाहरु आज बिहानै काबुल विमानस्थलमा छिर्ने प्रयास गरेपनि तालिवान लडाकुहरुले बाहिरै रोकेका थिए । सो क्रममा केही तालिबान लडाकुले भारतीय नागरिकलाई कुटेको पनि जनाइएको छ । अफगानिस्तानमा तालिबानहरुले सत्ता कब्जा गरेपछि अहिले अफगानिस्तान बाहिरका अधिकांश नागरिकहरु पनि समस्यामा परेका छन् ।
Read More
अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

अफगानिस्तान युद्ध: तालिबान र सरकारबीचको लडाइँमा तीन दिनभित्र २७ बालबालिका मारिए

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच सङ्घर्ष जारी रहेका बेला तीन दिनमा २७ बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने निकाय युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको बताएको छ। दुई पक्षबीच लडाइँ जारी रहँदा कतिपय क्षेत्रबाट हजारौँ सर्वसाधारणले घर छाडेर राजधानी काबुलतर्फ गइरहेको विवरणहरू आएका छन्। विदेशी सैनिकहरूले अफगानिस्तान छाडेपछि तालिबानले देशैभरि आफ्नो नियन्त्रण फैलाइरहेको छ, गत शुक्रवारयता उसले आधा दर्जन क्षेत्रीय राजधानीहरूमा कब्जा जमाइसकेको छ। अन्तर्राष्ट्रिय रूपमा गरिएको युद्धविरामको आह्वानलाई तालिबानले अस्वीकार गरेको छ। त्यहाँ गत महिनाको हिंसामा मात्र एक हजारभन्दा बढी सर्वसाधारण मारिएका छन्। सोमवार युनिसेफले जारी गरेको वक्तव्यमा बालबालिकामाथि हुने अत्याचार दिनैपिच्छे…
Read More
युद्धकै बीच अफगान सरकार र तालिबान बीच उच्चस्तरीय भेटवार्ता

युद्धकै बीच अफगान सरकार र तालिबान बीच उच्चस्तरीय भेटवार्ता

अफगानिस्तानमा भिडन्तहरु भैरहेकै बेला अफगान सरकार र तालिबानका प्रतिनिधिहरू बीच भेट भएको छ । कतारको दोहामा भइरहेको उच्चस्तरीय छलफलमा सहमतिका लागि दुवै पक्षले पहल गरिरहेका समाचारसंस्था अल जजिराले जनाएको छ । विदेशी सेना फर्कन थालेसँगै तालिबानले विभिन्न भूभागहरु कब्जा गर्ने क्रम शुरु भएपछि अफगानिस्तानमा तनाव बढेको हो । यही तनावका बीच भएको भेटमा सरकारी टोलीको नेतृत्व पूर्व प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले गर्नुभएको छ । उहाँले अफगानिस्तानमा जारी युद्धको समाधान वार्ता मात्रै भएकोले सबै सम्भावनाहरुलाई खुल्ला राखेर वार्ता भइरहेको बताउनुभएको अल जजिराको खबरमा उल्लेख छ । तालिबानका प्रवक्ता मोहम्मद नेइमले पनि आफ्नो समूहले वार्ता र सहमतिमै जोड दिँदै आएको बताउनुभएको छ ।…
Read More
तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

तालिबानद्वारा सीमा पारी अर्को एउटा पोस्ट कब्जा, अफगान सैनिक इरान भागे

तालिबानले इरानसँग जोडिएको सीमास्थित इस्लाम कला शहरको महत्वपूर्ण बोर्डर क्रसिङमा बिहिबार कब्जा गरेको अफगानिस्तानको हेरात प्रान्तबाट आइरहेको खबरमा उल्लेख गरिएको छ । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै यो कुराको दाबी गरेका हुन् । यद्यपि, अफगान अधिकारीले अहिलेसम्म यसबारे आधिकारिक रुपमा कुनै टिप्पणी गरेको छैन । तर समाचार एजेन्सीले नाम नखुलाइएका अधिकारीलाई उद्धृत गर्दै यसबारे जानकारी दिएका छन् । दुई वरिष्ठ सुरक्षा अधिकारीले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा सीमा पोस्टमा कब्जापछि अफगान सुरक्षाकर्मी र कस्टम अधिकारी इरानी सीमामा भागेको जानकारी दिएका छन् । इरानको अरबी भाषाको अल–आलम टिभीले पनि अफगान सैनिकले सीमा पार गरेको बताएको छ । यद्यपि, गृहमन्त्रालयका प्रवक्ता तारिक…
Read More
सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ – तालिबान

सबै विदेशी सेना समय सीमाभित्रै फर्किसक्नुपर्छ – तालिबान

आगामी सेप्टेम्बर महिनाबाट अफगानिस्तानबाट बाहिरिन उत्तर एटलान्टिक सन्धि संगठन, नेटोले तोकेको समय सीमा पश्चात् त्यहाँ बस्ने कुनै पनि विदेशी सैन्य फौजलाई कब्जा गर्नेहरूका रूपमा लिइने खतरा रहेको तालिबानले बीबीसीलाई बताएको छ। कूटनीतिक नियोग र काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ मूलतः अमेरिकी फौज सहित १,००० विदेशी सेना त्यहीँ बस्न सक्ने विवरणकाबीच तालिबानको पछिल्लो भनाइ सार्वजनिक भएको हो। अफगानिस्तानमा नेटोको २० वर्ष लामो सैन्य मिसनको अन्त्य भएको छ। तर तालिबानले थप क्षेत्रमा पकड स्थापित गरेसँगै त्यहाँ हिंसा भने बढ्दो क्रममा छ। अफगानी सुरक्षा निकायले एक्लै देशको सुरक्षाको जिम्मा लिने तयारी गर्दै गर्दा काबुलको भविष्यबारे चिन्ता बढिरहेको छ। तालिबानका प्रवक्ता सुहेल शाहीनले काबुलमा सैन्य…
Read More