Taiwan

ताइवानको स्वतन्त्रता माग्नेहरूलाई चीनले सजाय दिने

ताइवानको स्वतन्त्रता माग्नेहरूलाई चीनले सजाय दिने

ताइवानलाई स्वतन्त्र बनाउनका लागि पैरवी गर्नेहरूलाई सजाय दिने घोषणा चीनको स्टेट काउन्सिलको ताइवान अफेयर्स अफिसले शुक्रवार दिएको छ । त्यस्ता पृथक्तावादीहरूलाई प्रतिबन्ध लगाउने, तिनको परिवारलाई चिनियाँ मुख्यभूमि, हङकङ र मकाउमा प्रवेश गर्न रोक लगाउने अनि चिनियाँ मुख्यभूमिमा तिनीहरूलाई व्यापार गर्न नदिने निर्णय पनि लिइएको छ ।  ताइवान पृथक्तावादीहरूलाई फौजदारी कारवाही गर्ने र त्यस्तो कारवाही जीवनपर्यन्त लागू रहने बताइएको छ ।  ताइवान कार्यकारी प्राधिकरणका प्रमुख सू त्सिङ–त्स्योङ, वैदेशिक मामिला प्रमुख जोसेफ वु र संसदीय निकाय प्रमुख यू सि–कुन कालोसूचीमा राखिएका छन् । 
Read More
चीनले सैन्य चाप बढाए एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी,

चीनले सैन्य चाप बढाए एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी,

मंगलबार अन्तरिक्षमा पहिलो फिल्म सुटिङ, ताइवान र चीनबीच तनाव बढ्ने संकेत, फेसबुकका सीईओ मार्क जुगरवर्गले मागेको माफी लगायतका समाचारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रमुख स्थान पाए । त्यस्तै अफगानिस्तानमा तालिबानले हजारा जातिको हत्या गरेको एमनेस्टी इन्टरनेशनलको रिपोर्ट सार्वजनिक भएको खबर पनि चर्चामा रह्यो । प्रस्तुत छ, विश्वका केही प्रमुख खबरहरू : ००० ताइवानमा सैन्य चाप बढाउन चीनको निर्देशन, सैन्य उपस्थितिले एसियाको शान्ति खलबलिने ताइवानको चेतावनी बेइजिङ : चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानको टापु क्षेत्रमा सैन्य चाप अझै बढाउन निर्देशन दिएका छन्। उनले मंगलबार चीनको उच्चस्तरीय सैन्य अधिकारीसँगको भेटपछि सो निर्देशन दिएका हुन्।  चिनियाँ स्रोतका अनुसार राष्ट्रपति सीले मंगलबार चीनको सबैभन्दा ठुलो सैन्य निकाय…
Read More
चीन ताइवान विवादः ३८ चिनियाँ जहाज आफ्नो प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी

चीन ताइवान विवादः ३८ चिनियाँ जहाज आफ्नो प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी

ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ। शुक्रवार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ। ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ। लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ। चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ। ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।"चीन…
Read More