T20 World Cup:

टी–२० विश्वकप : समूह चरणमा पाकिस्तानको शतप्रतिशत नतिजा, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने

टी–२० विश्वकप : समूह चरणमा पाकिस्तानको शतप्रतिशत नतिजा, सेमिफाइनलमा अस्ट्रेलियासँग भिड्ने

जारी आईसीसी टी–२० विश्वकपको समूह चरणमा पाकिस्तानले शतप्रतिशत नतिजा निकालेको छ। आइतबार राति समूह चरण अन्तर्गतको पाँचौँ तथा अन्तिम खेलमा स्कटल्यान्डलाई ७२ रनले पराजित गर्दै पाकिस्तान समूह विजेता भएको हो। यूएईको शार्जाह क्रिकेट रंशालामा भएको खेलमा टस जितेर पाकिस्तानले पहिलो ब्याटिङ गर्दै स्कटल्यान्डलाई १९० रनको चुनौती दिएको थियो। जवाफमा स्कटल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ११७ रनमा समेटियो। स्कटल्यान्डका लागि रिचि बेरिङटोनले अविजित अर्धशतकीय पाली खेले। उनले ३७ बलमा १ छक्का र ४ चौकाको मद्दतमा ५४ रन बनाए। त्यस्तै जर्ज मुन्सेले १७ तथा माइकल लिस्कले १४ रन बनाउनबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको स्कोर बनाउन सकेनन्। स्कटल्यान्डलाई रोक्न पाकिस्तानका शादब…
Read More
टी२० विश्वकप: स्कटल्यान्ड विरुद्ध भारतको सहज जित, अब कसरी पुग्न सक्छ सेमिफाइनलमा

टी२० विश्वकप: स्कटल्यान्ड विरुद्ध भारतको सहज जित, अब कसरी पुग्न सक्छ सेमिफाइनलमा

संयुक्त अरब एमिरेट (यूएई) र ‌ओमानमा भइरहेको आईसीसी टी२० विश्व कपमा शुक्रवार स्कटल्यान्डसँग सामना गर्नु अघि भारतको दृष्टि न्यूजील्यान्ड र नामिबियाबीचको खेलमा थियो। न्यूजील्यान्डलाई नामिबियाले कसैगरी जित्ला कि र आफू सेमि फाइनलमा पुग्ने आशा बढ्ला भन्ने भारतलाई थियो। तर न्यूजील्यान्डले नामिबियालाई ५२ रनले सजिलै हराइदियो। अनि भारतको मुस्किल पनि बढ्यो। भारतका क्याप्टेन विराट कोहलीको जन्मदिन थियो, टस उनले जिते, स्कटल्यान्डलाई ब्याटिङ गर्न भन्यो। स्कटल्यान्डले १७.४ ओभरमा ८५ रनमात्र बनाउन सक्यो। भारतले ६.३ ओभरमा नै दुई विकेट गुमाएर ८६ रनको लक्ष्य हासिल गरिहाल्यो। टस हारेको स्कटल्यान्डले ब्याटिङ गर्नुपर्‍यो। उसको खराब प्रदर्शन थियो भन्ने कुरा त १० ओभर खेल्दा उसको स्कोर चार…
Read More