27
Jul
भारत र श्रीलंकाविचको दोस्रो टी २० खेल स्थगित भएको छ । तालिका अनुसार आज राति हुने भनिएको खेल कोभिडका कारण स्थगित भएको बताइएको छ । भारतीय टिमका एक खेलाडीमा कोरोना देखिएपछि अरु आठ खेलाडी पनि आइसोलेसनमा बसेकाले खेल स्थगित भएको छ । अब आजको खेल विहिबार हुनेछ । भारतीय टिमका एक जनामा कोरोना पोजेटिभ देखिएपछि उनको सम्पर्कमा रहेका अरु आठ जना खेलाडीपनि आइसोलेसनमा बसेपछि खेल नहुने भएको हो । यसका साथै इंग्ल्याण्ड भ्रमणमा जाने तयारीमा रहेका पृथ्वी शा र शुर्यकुमार यादवलाई पनि असर पर्ने भएको छ । इंग्ल्याण्डविरुद्धको टेष्ट सिरिजका लागि बीसीसीआईले दुई जना खेलाडीलाई पठाउने तालिका थियो । तर…