11
Nov
अभिनेता अक्षय कुमारको फिल्म 'सूर्यवंशी'ले हलमा दर्शक फर्काएसँगै नेपाली फिल्मकर्मीहरुले फिल्म प्रदर्शनको मिति तोक्न थालेका छन् । कोरोना महामारीका कारण झन्डै दुई वर्षदेखि प्रदर्शन स्थगन गरिएका फिल्मको प्रदर्शन तयारी थालिएको हो । निर्माताहरु हलमा दर्शक नआउने डरले फिल्मको प्रदर्शन मिति पक्का गर्न सकिरहेका थिएनन् । तर, बलिउड फिल्म 'सूर्यवंशी'ले हलमा दर्शकको भीड जम्मा गरेपछि नेपाली फिल्मकर्मीमा उत्साह थपिएको छ । ‘सूर्यवंशी’ ले प्रदर्शनको चार दिनमा ९१ करोड ५९ लाखको कमाई गरेको छ । हालै निर्माता अर्जुन कुमारले फिल्म 'चपली हाइट–३'को नयाँ मिति तोकेका छन् । उनको टिमले फिल्मलाई पुस २ मा प्रदर्शन गर्ने भएका छन् । कोरोना महामारीकै कारण ४…