srilanka

श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना

श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना

विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ। विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलङ्का प्रहरीले पक्राउ गरेको नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बीबीसीलाई बताए। ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको भण्डारीले बताए। उनले भने, "हामीले श्रीलङ्का सरकारसँग समन्वय गरिरहेका छौँ। अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरूलाई छुटाउने सम्भावना न्यून छ।"
Read More
कोभिड फैलिएपछि कारागारमा दङ्गा

कोभिड फैलिएपछि कारागारमा दङ्गा

श्रीलङ्काको एउटा कारागारमा दङ्गा हुँदा कम्तीमा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।माहारा कारागारमा कोरोनाभाइरसको प्रकोप बढ्न थालेपछि बन्दीहरूले धरौटीमा मुक्त हुन पाउनुपर्ने र थप सेवासुविधाको माग गर्दै प्रदर्शन गरेका थिए। बन्दी र कारागारमा खटिएका सुरक्षाकर्मीहरूबीच भिडन्त हुँदा त्यति सङ्ख्यामा मृत्यु र ५२ जना घाइते भएको बताइएको छ।श्रीलङ्काका जेलहरूमा अहिलेसम्म झन्डै १,००० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।प्रहरी प्रवक्ता अजित रोहनाका अनुसार जेलमा सुरक्षाकर्मीहरूले "उच्छृङ्खल अवस्था नियन्त्रणमा लिन बल प्रयोग गरेको" बताए। सञ्चारमाध्यमहरूका अनुसार दङ्गा फैलिएपछि सुरक्षाकर्मीहरूले गोली हानेका थिए।कारागार परिसरमा "ठूलो आगलागी" भएको देखिएको स्थानीयवासीलाई उद्धृत गर्दै समाचार प्रकाशित भएको छ।घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता रोहनाले…
Read More