South Africa

बङ्गलादेशले मार्चमा दक्षिण अफ्रिकामा एक दिवसीय र टेस्ट श्रृङ्खला खेल्ने

बङ्गलादेशले मार्चमा दक्षिण अफ्रिकामा एक दिवसीय र टेस्ट श्रृङ्खला खेल्ने

बङ्गलादेशको क्रिकेट टोलीले आउँदो मार्चदेखि दक्षिण अफ्रिकाको भ्रमण गर्ने भएको छ । तीन वटा एक दिवसीय र दुई वटा टेस्ट क्रिकेटको श्रृङ्खला खेल्न बङ्गलादेशको टोली दक्षिण अफ्रिका जाने पक्का भएको हो । यी खेल एक दिवसीय सुपरलिग र विश्व टेस्ट च्याम्पियनसिपमा गणना हुनेछ । पहिलो एक दिवसीय मार्च १८ तारिखमा सेन्चुरियनमा, दोस्रो खेल मार्च २० तारिखमा जोहानेशबर्ग र तेस्रो खेल २३ तारिख सेन्चुरियनमा हुनेछ। यस्तै पहिलो टेस्ट मार्च ३१ र दोस्रो टेस्ट अप्रिल ८ तारिखमा हुने तय भएको छ । बङ्गलादेश अहिले ८० अङ्कसहित एक दिवसीय सुपर लिगको दोस्रो स्थानमा छ । दक्षिण अफ्रिका भ्रमणमा जानुअघि बङ्गलादेशले घरेलु मैदानमा अफगानिस्तानसँग तीन…
Read More
अफ्रिकामा देखियो अनौठो केस : एचआईभी संक्रमितमा ९ महिनासम्म कोरोना संक्रमण, शरीरमा भयो भाइरसको २१ म्युटेसन

अफ्रिकामा देखियो अनौठो केस : एचआईभी संक्रमितमा ९ महिनासम्म कोरोना संक्रमण, शरीरमा भयो भाइरसको २१ म्युटेसन

कोरोना भाइरसमा हुने म्युटेसन जनावरसँग–सँगै रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुमा पनि हुन सक्छ । यसको प्रमाण दक्षिण अफ्रिकामा भएको एक अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले पत्ता लगाएका छन् । उनका अनुसार एचआईभीसँग जुधिरहेकी एक महिलामा कोरोना संक्रमण भयो । उनको शरीरमा संक्रमण भएको ९ महिनासम्म भाइरसको असर देखियो । भने, ९ महिनामा भाइरसको २१ म्युटेसन भयो । यही म्युटेसन भविष्यमा नयाँ भेरियन्टको रुपमा देखापर्ने र विश्वभर महामारीको संकट पैदा गर्न सक्ने सम्भावना रहेको उक्त अनुसन्धानमा संलग्न वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।  महिलाको शरीरमा ९ महिनासम्म रह्यो संक्रमण युनिभर्सिटी अफ क्वाजुलु–नटालका वैज्ञानिकहरुले कोरोना संक्रमित भएकी २२ वर्षीया महिलाको शरीरमा भाइरसको असर ९ महिनासम्म…
Read More
भारतविरुद्धको शृंखलामा दक्षिण अफ्रिकाले दर्शकलाई रोक लगाउने

भारतविरुद्धको शृंखलामा दक्षिण अफ्रिकाले दर्शकलाई रोक लगाउने

विश्वभर फैलिँदै गएको कोभिड–१९ (ओमिक्रोन) को कारण भारत र दक्षिण अफ्रिकाबीचको खेलमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको छ । दक्षिण अफ्रिकामा तय भएको टेस्ट र एक दिवसीय शृंखला ६ दिनपछि सुरु हुँदैछ । दक्षिण अफ्रिकाले खेलाडी र समर्थकको स्वास्थ्यलाई ध्यानमा राख्दै बन्द रंगशालामा खेल आयोजना हुने जानकारी गराएको हो । शृंखलाअन्तर्गत तीन टेस्ट र तीन एकदिवसीय खेल हुने तालिका छ । ‘दुई क्रिकेट बोर्डको सहमतिमा हामीले स्वास्थ्य निर्देशिका जारी भएअनुसार नै दक्षिण अफ्रिका र भारतबीचको टेस्ट र एक दिवसीय खेलको शृंखला दौरान दर्शक प्रवेशमा रोक लगाएका छौं । यसबाट दर्शकमा पर्न गएको असुविधाप्रति हामी क्षमाप्राथी छौ,’ जारी गरेको विज्ञप्तीमा भनिएको…
Read More
टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का खेल हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

टी-२० विश्वकपमा आजदेखि सुपर-१२ का खेल हुँदै, पहिलो खेलमा अष्ट्रेलिया र साउथ अफ्रिका भिड्दै

आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आजदेखि सुपर-१२ का खेलहरु हुँदैछन्। समूह चरणका चार टोलीको निश्चित भएसँगै सुपर-१२ का खेल हुन लागेका हुन्। पहिलो खेल अष्ट्रेलिया र साउथ अफ्रिकाबीच हुँदैछ। खेल आबुधाबीमा हुनेछ। नेपाली समय अनुसार ३ः४५ बजे खेल सुरु हुनेछ। यस्तै, शनिबार राति इंग्ल्याण्ड र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ। आइतबार राति बहुप्रतीक्षित भारत–पाकिस्तानको खेल हुनेछ। समूह चरणको खेलबाट श्रीलंका, नामिबिया, स्कटल्याण्ड र बंगलादेशले स्थान बनाएपछि वर्ल्डकप खेल्ने १२ टिमको टुंगो लागेको हो। आयरल्याण्ड, ओमान, नेदरल्याण्डस् र पपुवा न्यू गिनीले भने सुपर १२ मा स्थान बनाउन सकेनन्। प्रतियोगितामा सुपर १२ मा स्थान बनाएका चार टोलीबाहेक अष्ट्रेलिया, साउथ अफ्रिका, इंग्ल्याण्ड, वेस्ट…
Read More