Slovakia

स्लोभाकियामा उड्ने कारको ३५ मिनेटको उडान परीक्षण सफल

स्लोभाकियामा उड्ने कारको ३५ मिनेटको उडान परीक्षण सफल

आवश्यकता अनुसार विमान वा कारको रूप धारण गर्न सक्ने एयरकारमा बीएमडब्ल्यूको इन्जिन र पेट्रोल पम्पको साधारण इन्धनमा चल्छ। यसका निर्माता प्राध्यापक स्टेफन क्लेनका अनुसार एयरकार १,००० किलोमिटरसम्म ८,२०० फिटको उचाइमा उड्न सक्छ। यो अहिलेसम्म परीक्षणका लागि हावामा ४० घण्टा उडिसकेको छ। कारबाट विमान बन्न यसलाई दुई मिनेट १५ सेकेन्ड समय लाग्छ। यसका छोटा पखेटा बन्द भएर कारको दुई तर्फ टाँसिएर रहन सक्छ। आमन्त्रित पत्रकारहरूको अगाडि प्राध्यापक क्लेनले विमानस्थलमा यसलाई अवतरण गरेपछि यसलाई धावनमार्गबाट सिधै सडकमा ल्याएर सहरभित्र लगे। सोमवार बिहान ८० किलोमिटर दूरीको उडानको अनुभवलाई क्लेनले सामान्य र धेरै रमाइलो भने। हावामा हुँदा यसको गति १७० किलोमिटर प्रतिघण्टा पुगेको थियो।…
Read More