23
Jun
अस्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरू अस्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् । नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउनमा परेका नेपालीहरू छन् । उनीहरू आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया आएका अभिभावकहरू हुन् । सो फ्लाइटमा न्युजिल्याण्डमा रहेका ११ जना नेपालीहरू पनि छन् । उनीहरू आजै बिहान न्युजिल्याण्डबाट अस्ट्रेलिया आइपुगेका हुन् । नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए । तर पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरूले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३५० अस्ट्रेलियन डलर भाडा लिइएको छ…