28
Aug
अभिनेता कार्तिक आर्यनका साथ साजिद नाडियाडवालाको आगामी एपिक प्रेम कथाको फिल्म ‘सत्यनारायणको कथा(जसको नाम परिवर्तन हुँदैछ)’ घोषणा भएपछि यसको चर्चा सुरु भइसकेको छ । आधुनिक जीवन शैलीको सांगीतिक प्रेमकथाको फिल्ममा कार्तिकको अपोजिटमा ‘भूल भूलैया २’की अभिनेत्री कियारा आडवाणीले रोमान्स गर्दैछिन् । फिल्मका लागि यसअघि अभिनेत्री श्रद्धा कपूरलाई प्रस्ताव गरिएको थियो । तर श्रद्धाले चर्को पारिश्रमिक मागेपछि निर्माताले उनको स्थानमा कियारालाई मौका दिएका हुन् । ‘फिल्ममा साजिदले कार्तिकको अपोजिटमा श्रद्धालाई राख्न चाहेका थिए । किनकी पर्दामा उनी फ्रेस जोडीलाई देखाउन चाहन्थे । तर फिल्मका लागि श्रद्धाले १० करोड रुपैंयाँ मागेपछि उनी तर्सिए । साजिद सामान्यतया आफ्नो फिल्ममा कलाकारहरुसँग पारिश्रमिकको मामलामा मोलमोलाई…