02
Jul
अस्ट्रेलियाकी भूतपूर्व प्रधानमन्त्री जुलिआ गिलार्ड, भूतपूर्व अमेरिकी टेनिस खेलाडी बिली जीन किङ र ब्रिटिश अभिनेत्रीहरू थ्याण्डी न्यूटन र एमा वाट्सन जस्ता उच्च ओहदा र प्रतिष्ठा भएका महिलाहरूले हस्ताक्षर गरेका पत्र यूएन जेनरेशन इक्वलिटि फोरममा प्रकाशित छ। जुलिआ गिलार्डले बीबीसीसँग कुरा गर्दै भनिन्: "अष्ट्रेलियाको प्रधानमन्त्रीको पदमा रहँदा अन्य सार्वजनिक ओहोदामा रहेका महिलाहरूले जस्तै मैले पनि सामाजिक सञ्जालमा लैङ्गिकताका आधारमा चर्को दुर्व्यवहारको सामान गर्नुपर्यो। अश्लील कार्टुनहरू समेत सञ्जालमा फैलाइए।" उनले त्यस्ता गतिविधिले आफूलाई "महिलाले अझै पनि यस्तो प्रकारको दुर्व्यवहारको सामना गर्नु परिरहेको भनेर आक्रोशित र हताश बनाएको " पनि बताइन्। उक्त पत्र फेसबुक, गुगल, टिकटक र ट्विटरका प्रमुख कार्यकारीहरूलाई सम्बोधन गरेर लेखिएको…