30
Mar
रुसी विदेशमन्त्री सर्गेई लाभरोभ यो साता भारत भ्रमणमा जाने भएका छन् । भारत रुसी उत्पादनको सबैभन्दा ठूलो खरिदकर्ता भएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । युक्रेनमा हमलापछि अन्तर्राष्ट्रिय समुदायले रुसमा कडा प्रतिबन्ध लगाएर अन्तर्राष्ट्रिय व्यापारबाट अलग गर्न सुरु गरेकै समयमा हुन लागेको सुरु विदेशमन्त्रीको भारत भ्रमणले अर्थ राख्नसक्ने अनुमान गरिएको छ । दुवै देश रुसी बैंकमा पश्चिमी देशकातर्फबाट लगाएको प्रतिबन्धपछि भुक्तानी प्रणालीलाई सहज बनाउने विषयमा चर्चा गर्न सक्ने रोयटर्सले जनाएको छ । जानकारीका अनुसार लाभरोभ शुक्रबार भारत जाने सम्भावना छ । यद्यपि दिल्लीमा रुसी दूूतावासले हालसम्म पनि यो भ्रमणको पुष्टि गरेको छैन । यसैगरी भारतीय विदेश मन्त्रालयले आफूसँग भन्नका लागि…