Russian

रुसी आक्रमणको विरोधमा प्रदर्शन

रुसी आक्रमणको विरोधमा प्रदर्शन

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाजले रुसले युक्रेन माथि गरेको आक्रमणका कारण भएको महिला र बालबालिकाहरूको व्यापक मानव अधिकार उल्लङ्घनको विरोधमा प्रदर्शन गरेको छ । आज रुपन्देहीको बुटवलमा भएको विरोध प्रदर्शनमा रुसलाई तत्काल युद्ध रोकी शान्तिको अधिकारको सम्मान गर्न आग्रह गरिएको थियो ।  यस्तै अन्तर्राष्ट्रिय नारी दिवसका दिन शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा “रुस युक्रेन युद्ध : महिला र बालबालिका सङ्कटमा” विषयक विचार गोष्ठी सम्पन्न भएको थियो ।  यसै गरी आजै अन्तर्राष्ट्रिय नारी दिवसका दिन मानव अधिकार तथा शान्ति समाज दाङ शाखाको आयोजनामा तुलसीपुरमा “रुस युक्रेन युद्ध : महिला र बालबालिका सङ्कटमा”विषयक कार्यक्रम गरेको छ ।  रुसलाई…
Read More
युक्रेन-रुस युद्धः किएभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँचजना मारिए

युक्रेन-रुस युद्धः किएभमा टेलिभिजन टावरमाथि हमला, कम्तीमा पाँचजना मारिए

रुसी फौजले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा कम्तीमा पाँचजना मारिएको युक्रेनको आपत्‌कालीन सेवासम्बन्धी निकायले जनाएको छ। रुसले युक्रेनमा अब 'लक्षित हमला' गर्ने चेतावनी दिएकै दिन टेलिभिजन टावरमाथि प्रहार गरिएको हो। रुसको मिसाइल आक्रमणमा अन्य पाँच जना घाइते भएका छन् । आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको विवरणमा जनाइएको छ। 'लक्षित हमला' आक्रमणबाट टेलिभिजन टावरनजिकै रहेको यहुदी नरसंहारका पीडितहरूको सम्झनामा बनाइएको एउटा स्मारकमा समेत क्षति पुगेको छ। ठूलो विस्फोट भएको र टावरबाट धुवाँको मुस्लो निस्किरहेको भिडिओ फुटेजमा देखिन्छ। आक्रमणले टेलिभिजन टावरलाई नै निशाना बनाएको वा नबनाएको विषयमा स्पष्ट हुन सकेको छैन। आक्रमणपश्चात्‌ पनि ३८० मिटर अग्लो टावर ठडिइरहेकै अवस्थामा छ। हमलापछि…
Read More
रुसी सेनाले कब्जा गरेको युक्रेनस्थित परमाणु केन्द्रमा विकिरणको मात्रा बढ्यो

रुसी सेनाले कब्जा गरेको युक्रेनस्थित परमाणु केन्द्रमा विकिरणको मात्रा बढ्यो

सन् १९८६ मा संसारकै सबैभन्दा नराम्रो आणविक दुर्घटना भएको उक्त स्थानलाई युक्रेनमा आक्रमण गर्न आएको रुसी फौजले नियन्त्रणमा लिएको युक्रेनले जनाएको थियो। बिहीवार त्यहाँ विकिरणको परिमाण २० गुणाले वृद्धि भएको सो स्थानमा रहेको अनुगमन केन्द्रले जनाएको छ। तर विज्ञहरूले अर्को ठूलो परमाणुविपद्को सम्भावना खासै नरहेको बताएका छन्। उक्त प्रयोगविहीन केन्द्र आसपासको ४,००० वर्ग किलोमिटर क्षेत्रको प्रदूषित भूमिमा शक्तिशाली सैनिक सवारीसाधनहरूको आवागमनका कारण उक्त वृद्धि भएको युक्रेनको परमाणु नियामक अनुगमनकर्ताले जनाएको छ। सबैभन्दा ठूलो वृद्धि क्षतिग्रस्त रीयाक्टरनजिकै अनुभव गरिएको थियो। त्यहाँ विकिरणको मात्रा नियमित अनुगमन गरिन्छ र घण्टैपिच्छेको विवरण दिइन्छ। रीयाक्टरनजिकै साधरणतया प्रत्येक घण्टा माइक्रोसीभर्ट्समा तीन एकाइको एक मात्रा उत्सर्जन हुन्छ।…
Read More
रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरे

रुसका सेना स्थलमार्ग हुँदै युक्रेन प्रवेश गरेका छन् । उत्तरमा बेलारुस, दक्षिणमा क्रिमिया, पूर्वमा खारखिभ र लुहान्सक लगायत धेरै ठाउँबाट रुसी सेना युक्रेन प्रवेश गरेको युक्रेनका सरकारी अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।  आफ्ना बख्तरबन्द गाडीसहितका सेना युक्रेन प्रवेश गर्नुअघि रुसले सीमा क्षेत्रमा बम आक्रमण गरेको खबरमा उल्लेख छ । रुसले युक्रेनलाई चौतर्फी घेराबन्दीमा पारिरहेको छ । 
Read More
कोप२६: जलवायु सम्मेलनमा अनुपस्थित भएको भन्दै बाइडनले गरे चीन र रुसका नेताको आलोचना

कोप२६: जलवायु सम्मेलनमा अनुपस्थित भएको भन्दै बाइडनले गरे चीन र रुसका नेताको आलोचना

अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तनसम्बन्धी कोप२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन्। मङ्गलवार राति कोप२६ मा बोल्दै बाइडनले जलवायु "एउटा ठूलो मुद्दा" भएको र चीन त्यसबाट "टाढिएको" बताएका हुन्। उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आरोप लगाए। ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन्। तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन्। विश्वमा कार्बन डाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ। रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ। यो सम्मेलनका लागि विश्वका १२०…
Read More