Ronaldo

रोनाल्डोले विश्वकप खेल्ने सम्भावना बढ्यो

रोनाल्डोले विश्वकप खेल्ने सम्भावना बढ्यो

विश्वकप छनोटमा यूरोपेली क्षेत्रको प्ले अफ म्याच जित्दै पोर्चुगल र स्वीडेन अन्तिम छनोट चरणमा प्रवेश गरेका छन् । गएराति सम्पन्न खेलमा रोनाल्डोको टोली पोर्चुगलले टर्कीमाथि ३-१ को जीत हासिल गरेको हो । अब प्ले अफमा नर्थ मेसोडोनियालाई पराजित गरेमा पोर्चुगल विश्वकप खेल्नेछ । इटाली मेसोडोनियासँग स्तब्ध हुँदा पोर्चुगललाई फाइदा पुगेको छ । यसैगरी, स्वीडेनले चेक रिपब्लिकलाई १-० ले पराजित गरेको छ । वेल्सले अष्ट्रियामाथि २-१ को जित निकालेको छ । इटाली नर्थ मेसोडोनियामाथि १-० ले स्तब्ध भएको छ ।
Read More
रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

रोनाल्डोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले इंग्लिस प्रिमियर लिगमा गोल गरेका छन्। मंगलबार राति युनाइटेडकै मैदानमा भएको खेलमा घरेलु टिमलाई जित दिलाउने क्रममा रोनाल्डोले गोल गरेका हुन्। रोनाल्डोको गोलसँगै युनाइटेडको लगातार छ खेलको गोल खडेरी पनि तोडिएको छ। त्यो गोलसँगै अग्रता बनाएको युनाइटेडले गएराति ब्राइटोनलाई २-० गोलअन्तरले हराएको हो। युनाइटेडका लागि अर्को गोल ब्रुनोफर्नान्डेसले गरे। उनले खेलको इन्ज्युरी समयमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए। खेलमा रोनाल्डोका लागि म्याक टोमिनीले पास दिएका थिए भने फर्नान्डेसका लागि पोग्बाले पास उपलब्ध गराए। यता खेलको ५४औं मिनेटमा ब्राइटोनका एक खेलाडीले रातो कार्ड पाएका थिए।यो जितसँगै युनाइटेड पुन चौथौ स्थानमा पुगेको छ। उसले २५ खेलबाट…
Read More
रोनाल्डोले अक्सनमा राखे म्यानचेस्टर सिटी र टोटनहमविरुद्धका खेलमा लगाएको जर्सी, १३ हजार पाउण्ड पुग्ने अनुमान

रोनाल्डोले अक्सनमा राखे म्यानचेस्टर सिटी र टोटनहमविरुद्धका खेलमा लगाएको जर्सी, १३ हजार पाउण्ड पुग्ने अनुमान

म्यानचेस्टर युनाइटेडका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले टोटनहमविरुद्ध तीन शुन्यको जित निकाल्दा र म्यानचेस्टर सिटीविरुद्ध दुई शुन्यको हार ब्यहोर्दा लगाएको जर्सी अक्सनमा राखेका छन ।  उनले रोयल ब्रिटिस लिजियोनको सहयोगका लागि आफ्नो जर्सी अक्सनमा राख्ने भएका हुन । ३६ बर्षे रोनाल्डोले टोटनहमविरुद्ध गोल गरेका थिए । डेली मेलका अनुसार उनको सात नम्वरको जर्सीको अक्सन अहिले ३६ हजार पाउण्डसम्म पुगेको छ । यस्तै सिटीविरुद्ध लगाएको जर्सी अक्सनमा १३ हजार पाउण्ड सम्म पुग्ने अनुमान गरिएको छ । 
Read More
रोनाल्डोको स्थानमा युभेन्टसले भित्र्यायो मोइस किन

रोनाल्डोको स्थानमा युभेन्टसले भित्र्यायो मोइस किन

इटालियन क्लब युभेन्टसले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा युवा खेलाडी मोइस किनलाई अनुबन्ध गरेको छ । पोचुर्गिज कप्तान रोनाल्डो कहिदिन अघि मात्रै युभेन्टसमा तीन वर्षको बसाई टुङ्ग्याउँदै १२ वर्षपछि आफ्नै पुरानै क्लब म्यान्चेस्टर युनाइटेड फर्किएका थिए । दुई वर्ष अघि युभेन्टसबाट एभर्टन गएका २१ वर्षीय किनले अघिल्लो सिजन पेरिस सेन्ट जर्मन (पीएसजी)मा लोनमा बिताएका थिए । पीएसजीमा उनले सबै प्रतियोगितामा कुल १७ गोल गरेका थिए । शीर्ष टोलीमा २१ खेल खेल्दै ८ गोल गर्नुअघि किन २०१० देखि २०१७ सम्म युभेन्टसको एकेडेमीमा थिए । २०१८ मा इटालीको राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले ९ अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।
Read More
‘रोनाल्डो र मेस्सी नभए पनि ला लिगा अझै उत्कृष्ट’

‘रोनाल्डो र मेस्सी नभए पनि ला लिगा अझै उत्कृष्ट’

स्पेनिस ला लिगा धेरै स्टार खेलाडीका लागि घरसरह मानिन्थ्यो । तर, यही लिगका सबैभन्दा दुई उत्कृष्ट खेलाडी र सम्भवत सर्वकालीन उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेका छन् । हालै मेम्सीले बार्सिलोना क्लब छाडेपछि ला लिगाको शीर्ष लिगको महत्व घटेको टिप्पणी हुन थालेको छ । तर यी दुई खेलाडीले छाड्दैमा ला लिगाको महत्व नघट्ने कतिपय विश्लेषकको भनाइ छ । ला लिगा अझै किन उत्कृष्ट छ, स्पेनिस सञ्चार माध्यम मार्काले पाँच कारण दिएको छ । क्रिष्टियानो रोनाल्डोले छाडेपछि रियल मड्रिडलाई र लियोनेल मेसीले छाडेपछि बार्सिलोनालाई घाटा लागेको छ, अब स्पेनमा लिग उपाधि होड खुल्ला बनेको छ । साविक विजेता…
Read More