rammandir

राम जन्मभूमि  ट्रष्टका प्रमुख गोपाल दासलाई कोरोना संक्रमण

राम जन्मभूमि ट्रष्टका प्रमुख गोपाल दासलाई कोरोना संक्रमण

गत ५ अगष्टमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्याको राम मन्दिरको भूमि पूजामा सहभागी भएका महन्त नृत्य गोपाल दासलाई कोरोना संक्रमण देखिएको छ । उत्तरप्रदेशको मुख्यमन्त्री कार्यालयले ट्‍वीट मार्फत् राम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टका प्रमुख दासलाई कोरोना संक्रमण भएको जनाएको हो । भूमि पूजामा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र उत्तरप्रदेशका राज्यपाल आनन्दीवेन पटेल पनिसँगै सहभागी थिइन् । कृष्ण जन्मभूमि न्यासका अध्यक्ष समेत रहेका दासलाई कृष्णाजन्मष्टमीको उत्सवमा सहभागी हुन मथुरा पुगेका बेला सास फेर्न असहज भएपछि परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना पुष्टि भएपछि दासलाई उपचारका लागि लखनउको मेदान्त अस्पतालमा भर्ना गरिएको छ । भूमि पुजनमा महन्त दाससँगै उपस्थित रहेका…
Read More
नरेन्द्र मोदीले शिलान्यास र पूजा गर्दा देखिएका नेपालसम्बन्धी तीन कुरा

नरेन्द्र मोदीले शिलान्यास र पूजा गर्दा देखिएका नेपालसम्बन्धी तीन कुरा

हिन्दू धर्वालम्बीले विष्णुको अवतार मान्ने भगवान् रामको जन्मस्थल मानिएको अयोध्यामा बुधवार राम मन्दिर निर्माण गर्न भूमिपूजन तथा शिलान्यास सम्पन्न भयो।केही सय वर्षदेखि मस्जिद भएको उक्त स्थानमा राम मन्दिर बनाउने विषय वर्षौँदेखि विवादमा थियो।गत वर्ष भारतको सर्वोच्च अदालतको निर्णयपछि अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक विधिपूर्वक मन्दिर निर्माणको काम आरम्भ गरेका हुन्।विभिन्न कारणले नेपाल र भारतबीच कटुता उत्पन्न भएको बेला मोदी नै प्रमुख कर्ता भएको उक्त धार्मिक समारोहमा नेपालसम्बन्धी तीनवटा रोचक कुरा देखियो। कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भगवान् रामलाई विभिन्न देशमा पूजा गरिने सन्दर्भ बताए।त्यही प्रसङ्गमा उनले रामको नेपालसँग विशेष सम्बन्ध भएको स्मरण गरे।उनले भने, “नेपालसँग त भगवान् श्रीरामको सम्बन्ध…
Read More