15
Aug
राष्ट्रपति रामनाथ कोविन्दले संसदको वर्षाकालीन अधिवेशनको अवधि सत्तापक्ष र विपक्षमाझ बनेको गतिरोधबारे टिप्पणी नगरी शनिवार भने अनुसार भारतीय लोकतन्त्र शक्तिशाली छ अनि यो संसदीय प्रणालीमा आधारित छ, जसमा संसद लोकतन्त्रको मन्दिर हो । कोविन्दले ७५औँ स्वतन्त्रता दिवसको पूर्व सन्ध्यामा देशलाई सम्बोधन गर्दै भने, राष्ट्र निर्माताहरूले जनताको विवेकमा आफ्नो आस्था व्यक्त गरे अनि हामी भारतका मानिसहरू आफ्नो देशलाई एउटा शक्तिशाली लोकतन्त्र बनाउनमा सफल भयौं । कोरोना महामारीको उल्लेख गर्दै राष्ट्रपतिले भने, अहिले महामारीको तीव्रतामा ह्रास आएको छ तर कोरोना भाइरसको प्रभाव समाप्त भएको छैन, हाम्रा डाक्टर, नर्स, स्वास्थ्यकर्मी, प्रशासक अनि अन्य कोरोना योद्धाहरूको प्रयासमा कोरोनाको दोस्रो लहरमाथि नियन्त्रण पाइँदैछ । तिनले…