pollution

डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ।

डब्ल्यूएचओले वायु प्रदूषणको अवस्था पहिला सोचिएकोभन्दा खतरनाक रहेको चेतावनी दिएको छ।

उसले वायु प्रदूषण गराउने नाइट्रोजन डाईअक्साइडजस्ता मुख्य तत्त्वको अधिकतम सुरक्षित तह पनि घटाइदिएको छ। डब्ल्यूएचओका अनुसार वायु प्रदूषणसँग सम्बन्धित रोगका कारण विश्वभरि प्रत्येक वर्ष अनुमानित ७० लाख मानिसको अल्पायुमै मृत्यु हुने गरेको छ। आर्थिक विकासका लागि जीवाश्म इन्धनमा निर्भर हुने भएकाले अल्प र मध्यम आय भएका देशहरू वायु प्रदूषणको सर्वाधिक मारमा पर्ने गरेका छन्। नोभेम्बरमा हुन लागेको कोप२६ सम्मेलनअघि डब्ल्यूएचओले आफ्ना १९४ सदस्य राष्ट्रलाई उत्सर्जन घटाउन तथा जलवायु परिवर्तनको सम्बन्धमा काम गर्न आग्रह गरेको छ। बुधवार प्रकाशित नयाँ निर्देशिकामा डब्ल्यूएचओले पीएम२.५ भनिने सूक्ष्म कणको अधिकतम मात्रा मात्रा पहिलाको भन्दा आधा घटाइदिँदै त्योभन्दा बढी भए त्यो हानिकारक हुने जनाएको छ। त्यस्ता…
Read More
राजधानीको वायु ‘अति प्रदुषित’ अवस्थामा

राजधानीको वायु ‘अति प्रदुषित’ अवस्थामा

राजधानी नयाँदिल्ली सहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ ।दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ । रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७ र मुँड्कामा ३६३ वायु गुणस्तर सूचक (एक्वुआई) रहेको समितिले जनाएको छ । यो सूचकले चार ओटै ठाउँको अवस्था अति प्रदुषित देखाएको अधिकारीहरुले जनाएका छन् । वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म प्रदुषित, ३०१ देखि ४०० सम्म अति प्रदुषित र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ । केन्द्रीय प्रदुषण नियन्त्रण वोर्डले…
Read More