24
Dec
बंगलादेशमा एउटा तीनतले यात्रुबाहक डुङ्गा आगोलागी हुँदा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । झण्डै एक सयजना घाइते भएका अधिकारीहरूले बताएका छन् । डुङ्गामा झण्डै पाँच सय यात्रु रहेको बताइएको छ । झालकोटी नजिकैको सुगन्धा नदीमा उक्त घटना भएको हो । उक्त डुङ्गा राजधानी ढाकाबाट करिब दुई सय ५० किलोमिटर दक्षिणमा रहेको बारगुना सहरतर्फ गइरहेको थियो । केही पीडितहरू पानीमा हाम फालेपछि डुबेका थिए । धेरै यात्रु नराम्रोसँग जलेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । सबेरै इन्जिन कक्षबाट आगलागी सुरु भएको र उत्तिखेरै डुङ्गाभरी फैलिएको अग्नी सेवा अधिकारीले बताएका छन् । घण्टौँसम्म आगलागी भएको थियो । आगलागीबाट जोगिएर बाँचेका एकजना बुढी…