22
Jul
भारत सरकारले इजरायलको एनएसओ कम्पनीले बनाएको पेगासस स्पाईवेयरमार्फत जासूसी गरेको कुरा सार्वजनिक भएपछि भारतीय संसदमा हंगामा भइरहेको छ । यस विषयमा स्पष्टीकरण दिन खोजेका केन्द्रीय सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले बिहीवार संसदमा बोल्दै गर्दा विपक्षी दलका नेताहरूले होहल्ला गरेर कुरा टुंग्याउन दिएनन् । होहल्लाकै क्रममा तृणमूल कांग्रेसका सांसदहरूले मन्त्री वैष्णवको हातमा कागजात खोसेर सदनमै धुजाधुजा पारेका छन् । जासूसी बन्द गर भन्दै विपक्षी सांसदहरूले नारा लगाएका थिए । सदनको कारवाही अघि बढाउन नसकेपछि सभामुखले तेस्रोपटक बैठक स्थगन गरेका छन् । अर्को बैठक अपराह्न ४ बजे बस्दैछ ।