22
Mar
पाकिस्तानमा सत्ता संघर्ष चर्कदै जाँदा नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ । पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलवाल भुट्टोले त्यहाँका प्रधानमन्त्री इमरान खानलाई विदेशी एजेन्ट भएको आरोप लगाएका छन् । बिलवालले यसै हप्ता जर्दारी हाउसमा पत्रकार सम्मेलन गर्दै खानलाई विदेशीले रकम दिएर चलाउने गरेको एजेन्टको आरोप लगाएका हुन् । उनले खानलाई पाकिस्तानको अर्थतन्त्र र विदेश नीति नै ध्वस्त पार्न तयार पारिएको टिप्पणी समेत गरे । पत्रकार सम्मेलनमा पाकिस्तानका पूर्वप्रधानमन्त्री सैयद युसुफ राजा गिलानीलगायत प्रभावशाली नेताहरु पनि सहभागी थिए । उनले इमरान खानमाथि काश्मिरको विषयलाई बिगारेको र सन् २०१९ को चुनावमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई फाइदा पुग्ने अभिव्यक्तिहरु दिएको समेत आरोप लगाए ।…