21
Jan
जापानिज टेनिस स्टार नाओमी ओसाका अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिएकी छन् । साविक विजेता ओसाका मेलर्बनमा शुक्रबार अमेरिकी खेलाडी अमान्डा अनिसिमोभासँग २-१ सेटले पराजित भइन् । पहिलो सेट ६-४ ले आफ्नो पक्षमा पारे पनि त्यसपछिका दुई सेट ३-६ र ७-६ (१०-५) ले गुमाउँदै ओसाका तेस्रो चरणबाटै बाहिरिएकी हुन् । घरेलु खेलाडी विश्व नम्बर एक एस्ले बार्टी भने आफ्नो खेलमा जित हात पार्दै अन्तिम १६ मा प्रवेश गरेकी छन् । बार्टीले इटालियन खेलाडी क्यामिला जिओरगीलाई ६-२ र ६-३ ले पराजित गरिन् ।