obama

ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो

ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो

 अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएको छ । ओबामाको पुस्तक अमेरिकाका अन्य राष्ट्रपतिका संस्मणरणभन्दा धेरै बिक्री हुने अनुमान गरिएको छ । प्रकाशन गृह पेन्गुइन ऱ्यान्डम हाउसका अनुसार पहिलो दिनको बिक्रीमा अग्रिम अर्डर, इ–बुक र अडियो बुकको संख्यासमेत जोडिएको छ । पहिलो दिनको बिक्रीले आफूहरुले निकै उत्साहित भएको पेन्गुइन ऱ्यान्डम हाउसको सहप्रकाशन समूह क्राउनका डेभिड ड्रेकले बताए । ओबामाको पुस्तक नोभेम्बर १७ मा सार्वजनिक भएको हो । यसअघि ओबामा पत्नी मिसेलको संस्मरण ‘बिकमिङ’ पहिलो दिनमा उत्तर अमेरिकामा ७ लाख २५ हजार प्रति बिक्री भएको थियो । सन् २०१८ मा…
Read More
बराक ओबामा भन्छन्, ‘धाँधली भएको डोनल्ड ट्रम्पको दाबीले प्रजातन्त्रको अवमूल्यन’

बराक ओबामा भन्छन्, ‘धाँधली भएको डोनल्ड ट्रम्पको दाबीले प्रजातन्त्रको अवमूल्यन’

अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले गत साता सम्पन्न राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर वरिष्ठ रिपब्लिकनहरूले प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन्।सीबीएस न्यूजमा आगामी आइतवार प्रसारण हुने एउटा अन्तर्वार्तामा ओबामाले जो बाइडन यो निर्वाचनमा 'स्पष्ट रूपमा विजयी' भएको बताएका छन् ।अमेरिकी सञ्चारमाध्यमहरूले गत साता गरेको मतगणना परिणामको प्रक्षेपणमा बाइडन निर्वाचित भएको देखिएको छ ।तर अझै केही राज्यमा मतगणना जारी छ।
Read More