North korea

उत्तर कोरियाले फेरि गर्यो दुईवटा बलिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले फेरि गर्यो दुईवटा बलिस्टिक मिसाइल परीक्षण

उत्तर कोरियाले छोटो दुरीका दुईवटा क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाको सेनाका अनुसार, उत्तर कोरियाले सोमबार बिहान छोटो दुरीका दुईवटा क्षेप्यास्त्र समुन्द्रमा प्रहार गरेको हो। उत्तर कोरियाले जनवरी महिनामा प्रहार गरेका यो चौथो हतियार हो । उत्तर कोरियाले निरन्तर क्षेप्यास्त्र प्रहार गरेको प्रति संयुक्त राष्ट्र संघले निन्दा गरेको छ । राष्ट्र संघले पटकपटक क्षेप्यास्त्र प्रहार नगर्न गरेको अनुरोधलाई बेवास्ता गर्दै उत्तर कोरियाले परीक्षणलाई तीब्र बनाएको छ । अमेरिका, जापान, कोरिया लगायत मुलुकले समेत उत्तर कोरियाले क्षेप्यास्त्र गरेको प्रति आपत्ती जनाएका छन् । सोमबार बिहान प्योङयाङमा रहेको सुनान विमानस्थल नजिकैबाट क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका अधिकारीलाई उदृत गर्दै अलजजीरामा समाचार…
Read More
उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणलाई प्रतिबन्ध

उत्तर कोरियामा किमको रोजाइमा परेको लेदर कोट लगाउन सर्वसाधारणलाई प्रतिबन्ध

उत्तर कोरियाले सर्वसाधारणलाई लेदरको कोट लगाउन प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाका तानाशाह किम जोङ उनको मुख्य रोजाइ रहेकोले सर्वसाधारणलाई कोट लगाउन प्रतिबन्ध लगाइएको हो । उन सबैभन्दा पहिला सन् २०१९ मा लेदर कोटमा देखिएका थिए । त्यसपछि सो कोट यति प्रख्यात भयो की उनको अनुशरण गर्दै त्यहाँका कुलीन वर्गले सो कोट लगाउन थाले । चिसो मौसम सुरू भएसँगै लामो लेदर कोट फेसन जस्तै भएको छ ।  तर, पछिल्ला समयमा प्रहरीले कोट बिक्रीमा प्रतिबन्ध लगाएको छ । पसलेलाई कोट बिक्री नगर्न र अटेरी गरे जफत गर्न सरकारले प्रहरीलाई निर्देशन दिएको छ ।  ‘उच्च मर्यादित व्यक्ति जस्तो देखिन लुगा लगाउनु भनेको व्यक्तिलाई…
Read More
उत्तर र दक्षिण कोरिया बीच सोझै सञ्चार गर्न एक वर्षपछि फेरि ‘हटलाइन’ सुरु

उत्तर र दक्षिण कोरिया बीच सोझै सञ्चार गर्न एक वर्षपछि फेरि ‘हटलाइन’ सुरु

उत्तर तथा दक्षिण कोरियाले दुई देशबीच उच्च राजनीतिक तहमा आपसी कुराकानी गर्ने सोझो टेलिफोन सम्पर्क 'हटलाइन' फेरि सुरु गरेका छन्। प्योङ्याङले गत वर्ष जुनमा उक्त हटलाइन काटिदिएको थियो। सोलस्थित राष्ट्रपति कार्यालयले जनाएअनुसार दुई देशका शीर्ष नेताबीच विश्वास बनाउने र सम्बन्ध सुधार गर्ने विषयमा सहमति भएको छ। ब्लू हाउसका अनुसार उत्तर कोरियाली र दक्षिण कोरियाली नेताबीच एप्रिल महिनादेखि धेरै पटक व्यक्तिगत पत्र आदानप्रदान भएको छ। दुई देशबीचको उच्चस्तरीय वार्ता असफल भएपछि सम्बन्ध बिग्रिएको बेला उत्तर कोरियाले उक्त फोन काटिदिएको थियो। त्यसपछि उत्तर कोरियाले दुई देशबीच सञ्चार गर्न सघाउने उद्देश्यले सीमामा निर्मित एउटा कार्यालय पनि ध्वस्त पारिदिएको थियो। उत्तर कोरियाको सरकारी समाचारसंस्था…
Read More