03
Jan
निर्मला हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले एकजना भारतीय नागरिक पक्राउ गरेको छ । भारतीय अलि थरका नागरिक भएको प्रहरीले जानकारी गराएको छ । उनको बारेमा थप विवरण प्रहरीले अहिलेसम्म दिएको छैन । कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मलाको २०७५ साउन ११ गते शव फेला परेको थियो । उनी त्यसको अघिल्लो दिनदेखि घरबाट निस्किएकी थिइन् । प्रहरीले लामो अनुसन्धानबाट पनि निर्मला हत्यामा संलग्न व्यक्तिको पहिचान अझै गर्न सकेको छैन ।, जिल्ला प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोको टोली, प्रदेश प्रहरी कार्यालय र अपराध अनुसन्धान समूहको टोलीले निरन्तर अनुसन्धान जारी राखेको थियो । अलि थरका ती युवालाई प्रहरीले पहिलेदेखि नै खोजी…