Nepali

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको उद्धार सम्पन्न

रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको उद्धार सम्पन्न

 रुस–युक्रेन द्वन्द्वबाट प्रभावित नेपालीको उद्धारकार्य सम्पन्न भएको जनाइएको छ । रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिको बैठकमा जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले युक्रेनबाट नेपाली सुरक्षित स्थानमा पुगेकाले उद्धारकार्य सम्पन्न भएको बताएका हुन् । खड्काले अरू देशको तुलनामा नेपालीको उद्धारकार्य निकै छिटो–छरितो भएकाले युद्धमा नेपालीको ज्यान सुरक्षित रहेको बताए । उद्धारपछि उनीहरूको पुनःस्थापना गर्ने कार्य चुनौतीपूर्ण रहेको पनि उनले बताए । युद्ध सुरु भएपछि युक्रेनमा रहेका नेपाली पोल्यान्ड, स्लोभाकिया, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावालगायत देशमा पुगेका छन् । पछिल्लो तथ्यांकानुसार हालसम्म पोल्यान्डमा ४६६, स्लोभाकियामा ७८, रोमानियामा २८, हंगेरीमा आठ र चारजना माल्दावा पुगेका हुन् । हालसम्म…
Read More