Nepal

नेपालको अस्थिरता ‘भारतलाई राम्रो होइन’

नेपालको अस्थिरता ‘भारतलाई राम्रो होइन’

भारतले अहिलेसम्म नेपालमा विकसित पछिल्ला घटनाक्रमबारे औपचारिक प्रतिक्रिया जनाइसकेको छैन तर काठमाण्डूका हरेक राजनीतिक घटनालाई नजिकबाट हेर्ने केही भारतीय विज्ञहरूले भने मिश्रित प्रतिक्रिया दिएका छन्। नेपाल मामिलाविज्ञ तथा भारतीय सेनाका एकजना अवकासप्राप्त अधिकारी जनरल अशोक मेहताले नेपालमा ‘बढ्दो चिनियाँ प्रभावबीच पाँच वर्ष ओलीलाई चलाउन नसकिने सोचेको भारतका लागि विकसित अवस्था राम्रो’ रहेको बताएका छन्।
Read More
राष्ट्रपतिको भूमिका विवादमा पर्नुको कारणबारे के भन्छन् संविधानविद्‌

राष्ट्रपतिको भूमिका विवादमा पर्नुको कारणबारे के भन्छन् संविधानविद्‌

राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टी विशेषको झगडा मिलाउने पटकपटक प्रयास गरेको आरोप लगाउँदै कतिपयले त्यसको आलोचना गर्दै आएका छन्। तर कतिपयले देशको अभिभावकका नाताले समसामयिक विषयमा राष्ट्रपतिले चासो राख्नु अस्वाभाविक नभएको तर्क गर्ने गरेका छन्।विगतमा नेपाली काङ्ग्रेसका नेता रहेका तत्कालीन राष्ट्रपति रामवरण यादव पनि यस्ता आरोपबाट मुक्त रहन सकेका थिएनन्।उसो भए के नेपालमा राष्ट्रपति पदमा निर्वाचित भइसकेपछि पनि नेता/नेत्रीले आफ्नो पूर्वदलीय आस्थाबाट माथि उठ्न नसकेका हुन् त? यो विषयमा हामीले संवैधानिक कानुनका केही जानकारहरूसँग कुराकानी गरेका छौँ।
Read More
फेसबुकको भारत नीति हेर्ने  दिइन् राजीनामा

फेसबुकको भारत नीति हेर्ने दिइन् राजीनामा

सामाजिक सञ्जाल फेसबुकको भारत नीति हेर्ने प्रमुख अङ्खी दासले आफ्नो पदबाट राजीनामा दिएकी छन्।घृणा फैलाउने एउटा अभिव्यक्तिसम्बन्धी विवादमा उक्त सञ्जाल मुछिएको दुई महिनापछि उनले राजीनामा दिएकी हुन्। मुस्लिमविरोधी पोस्टहरूको हकमा भारतको सत्तारूढ दलका समर्थकहरूले घृणा फैलाउने अभिव्यक्ति रोक्ने आफ्ना नीति उल्लङ्घन गर्ने गरे पनि फेसबुकले त्यसप्रति नरम रवैया अपनाएको द वाल स्ट्रीट जर्नलले आरोप लगाएको थियो। अङ्खी दासले विवादास्पद निर्णयहरू गरेको र उनी राजनीतिक रूपमा पूर्वाग्रही भएको पनि उक्त पत्रिकाले आरोप लगाएको थियो।
Read More
पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन

पक्राउ गरिएका नेपालीबारे भारतले जानकारी दिएन

 दिल्ली प्रहरीको विशेष इकाइले गत सेप्टेम्बर १९ (असोज ३) मा पत्रकार सम्मेलन गरेर भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित गोप्य सूचना विदेशीलाई दिएको आरोपमा पत्रकार राजीव शर्मालाई पक्राउ गरेको औपचारिक जानकारी दियो ।ती गोप्य सूचना प्राप्त गर्न शर्माका ‘मतियारको भूमिका खेलेका’ दुई विदेशीलाई पनि पक्राउ गरिएको प्रहरीले सुनायो । पक्राउ परेका दुई विदेशीमा क्विङ सी नामकी चिनियाँ महिला र उनका सहयोगी नेपाली नागरिक राज भनेर चिनिने शेरसिंह बोहरा भनी खुलाइएको थियो । उनीहरूमाथि भारतविरुद्ध जासुसी गरेको आरोपमा मुद्दा दायर गरिएको छ । आरोप पुष्टि भए सरकारी गोपनीयता कानुनबमोजिम १४ वर्षसम्म कैद हुन सक्छ ।
Read More
नेपालको राष्ट्रकवि माधबप्रसाद घिमिरेको स्वर्गप्राप्ति

नेपालको राष्ट्रकवि माधबप्रसाद घिमिरेको स्वर्गप्राप्ति

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । उनका छोरा राजीव घिमिरेका अनुसार पछिल्लो समय बिरामी राष्ट्रकविको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको हो । १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो । घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् । घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए । उनले राष्ट्रिय गीत 'गाउँछ…
Read More
सीमामा निस्फिक्री आउजाउले जोखिम

सीमामा निस्फिक्री आउजाउले जोखिम

 नेपालमा लकडाउन हटेसँगै भारततर्फका सीमा नाकाहरूबाट निस्फिक्री आवागमन हुन थालेको छ । भारतमा संक्रमण तीव्र भइरहेका बेला सीमामा भएको खुला आउजाउले नेपालतर्फ जोखिम बढाएको छ । खासगरी, भारतमा अलपत्र परेका नेपाली र नेपालमा रहेका भारतीयको आउजाउ लकडाउनको अन्त्यपछि बाक्लिएको हो । सीमावर्ती भारतीय सहरमा संक्रमण बढ्दो अवस्थामा भएका बेला यस किसिमको निस्फिक्री हिँडडुल र संक्रमित क्षेत्रबाट भित्रिएकाहरू स्वास्थ्य जाँचबिना नै घरतर्फ गइरहेकाले स्थिति जोखिमपूर्ण देखिएको हो । कोरोना संक्रमितको दिनदिनै मृत्यु हुन थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ‘नाकाबाट लुकीछिपी’ आउनेले जोखिम बढाएको भन्दै सुरक्षा अधिकारीहरूलाई सीमामा थप कडाइ गर्न आइतबार निर्देशन नै दिएका थिए । संघीय सरकारले लकडाउन खोलेसँगै सीमामा अपनाइएको सतर्कतालाई ‘खुकुलो’ मानेर…
Read More
इमरान खानः ओसामा बिन लादेनलाई ‘शहीद’ भनेपछि पाकिस्तानी प्रधानमन्त्रीको आलोचना

इमरान खानः ओसामा बिन लादेनलाई ‘शहीद’ भनेपछि पाकिस्तानी प्रधानमन्त्रीको आलोचना

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आतङ्कवादी सङ्गठन अल-कायदाका संस्थापक नेता ओसामा बिन लादेनलाई 'शहीद'को सङ्ज्ञा दिएपछि उनको चर्को आलोचना भएको छ। बिहीवार संसद्‌मा सम्बोधन गर्दै खानले पाकिस्तानमा आएर अमेरिकी सेनाले बिन लादेनको हत्या गर्नु आफ्ना लागि लज्जास्पद विषय भएको बताएका थिए। त्यही प्रसङ्गमा उनले बिन लादेनलाई अमेरिकाले शहीद बनाइदिएको टिप्पणी गरेका थिए। अमेरिकाले सन् २००१ सेप्टेम्बर ११ तारिखमा भएका आतङ्कवादी आक्रमणहरूको योजनाकार बिन लादेनलाई मानेको थियो। End of Twitter post by @PTISindhOffice "म कहिल्यै बिर्सिन सक्दिनँ - पाकिस्तानीहरूका लागि लाजमर्दो घटना भयो। ओसामा बिन लादेनलाई अमेरिकीहरूले एबटाबादमा आएर मारिदिए, शहीद बनाइदिए," खानले भने। "त्यसपछि पूरै विश्वले हामीलाई गाली गर्‍यो, जथाभावी भन्यो।…
Read More
महान्यायाधिवक्ता खरेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

महान्यायाधिवक्ता खरेल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

 महान्यायाधिवक्ता अग्निप्रसाद खरेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा राजदूत क्वात्राले दुई देशबीचको सदियौदेखिको सम्बन्ध र नेपाल भारतबीच सम्पन्न भएका र सम्पन्न हुने क्रममा रहेका विकास आयोजनाका बारेमा छलफल भएको महान्यायाधिवक्ताको कार्याललयले जानकारी दिएको छ । महान्यायाधिवक्ता खरेलले संविधान सभाबाट बनेको नेपालको संविधान कार्यान्वयनको चरणमा रहेको, संविधान बमोजिमका संरचनाहरु यसको उद्देश्य बमोजिम निर्माण हुने र कार्यान्वयनको क्रममा रहेको राजदूत क्वात्रालाई जानकारी गराए । छलफलका क्रममा महान्यायाधिवक्ता तथा सरकारी वकिलहरुको गत वर्ष भारतमा भएको अध्ययन भ्रमणको समेत समीक्षा गरिएको थियो । राजदूत क्‍वात्राले नेपालका सरकारी वकिलहरुको लागि आवश्यक पर्ने तालिम, अध्ययन भ्रमण तथा…
Read More
कोरोना भाइरस नेपाल: १२ सातामा पशुपतिनाथ मन्दिरलाई १० करोड रुपैयाँ घाटा

कोरोना भाइरस नेपाल: १२ सातामा पशुपतिनाथ मन्दिरलाई १० करोड रुपैयाँ घाटा

कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण लागु लकडाउनका कारण पशुपतिनाथ मन्दिर बन्द छ। पशुपतिनाथको मूल मन्दिर र अन्य मन्दिरमा नित्यपूजा जारी रहे पनि विशेष पूजा, भेटी, चन्दा तथा पर्यटक प्रवेश शुल्क मुख्य आयस्रोत बन्द भएकोले आयमा घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। गत जेठ मसान्तसम्म १० करोडभन्दा बढी घाटा भइसकेको भन्दै कोषले भिडभाड नहुने गरी विशेष सुरक्षा व्यवस्था अपनाएर मन्दिर खोल्ने तयारी गरेको बताएको छ।
Read More
नेपाल संसदले आज नयाँ नक्शा हटाउने तयारी गरेको छ

नेपाल संसदले आज नयाँ नक्शा हटाउने तयारी गरेको छ

के पी ओली सरकारले नेपालको नयाँ नक्शालाई वैध बनाउन कोशिस गरेको छ, जसमा भारतको पिथौरागढ़ जिल्लाको केही अंश समावेश छ, शनिबार संसदबाट अन्तिम स्वीकृति प्राप्त हुने सम्भावना छ जसमा द्विपक्षीय सम्बन्धलाई तनावपूर्ण बनाउने निश्चित छ।नेपालको राष्ट्रिय प्रतीकमा नक्शा संशोधन गर्नका लागि संविधान संशोधन विधेयक शनिबार भोट हाल्नेछ। परिणाम यद्यपि एक पूर्व निष्कर्ष जस्तो देखिन्छ किनकि सबै प्रमुख दलहरूले भनेका छन् कि उनीहरू संशोधनका पक्षमा मतदान गर्ने छन्।गत केही दिनमा भारतले पुर्‍याउन खोजे पनि नेपाल संसदको अनुमोदन खोज्ने प्रक्रियामा हतारिरहेको छ। भारतले बिहीबार काठमाडौंलाई तालिम दिलाएको छ कि उसले तालाबन्दीको बीचमा पनि नेपाललाई अनिवार्य आपूर्ति गरेको छ।यद्यपि, भारतीय सरकारी स्रोतका अनुसार…
Read More