28
Dec
अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि नाकमा लगाइने स्प्रेको परीक्षण सुरु गरेका छन् । अस्ट्रेलियामा दैनिक हजारौं नयाँ संक्रमण देखिइरहेको सन्दर्भमा यदि यो परीक्षण सफल भए भ्याक्सिनको साथमा भाइरस संक्रमणका लागि प्रयोगमा ल्याइने छ । यसको परीक्षणमा अस्ट्रेलियामा रहेको मेलबर्न युनिभसिटी, मोनास युनिभर्सिटी लगायतका विश्वविद्यालयका साथै अन्य अनुसन्धान संस्थाका अनुसन्धानकर्ता सम्मिलित छन् । समाचारसंस्था एबिसीका अनुसार यो औषधि यहाँ रहेको ३ सय ४० घरमा परीक्षण गरिनेछ । यो परीक्षण सफल भएमा हालै देखिएको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि समेत उपयोगी हुन सक्ने बताइएको छ । यो स्प्रेलाई राख्नका लागि कुनै फ्रिज वा निश्चित तापक्रम नचाहिने भएकाले आवश्यकता अनुसार वितरण गर्न सकिनेछ । यस…