mumbai

मुम्बईमा नक्कली खोपको बिगबिगी

मुम्बईमा नक्कली खोपको बिगबिगी

भारतको मुम्बईमा नक्कली खोप धमाधम लगाउने काम भइरहेको खुलासा भएको छ ।  इन्जेक्सनमा पानी राखेर खोप हो भन्दै मानिसहरूलाई ठग्ने धन्धाको अनुसन्धान गर्नका लागि मुम्बई प्रहरीले टोली गठन गरेको छ ।  महाराष्ट्र सरकारले बम्बे उच्च अदालतलाई बताएअनुसार, शहरमा दुई हजारभन्दा बढी मानिसलाई नक्कली खोप लगाइएको छ । यसै सिलसिलामा दुईजनालाई प्रहरी पक्राउ गरेको छ ।  नक्कली खोप दिनका लागि ठगहरूले मुम्बईको एक निजी अस्पतालबाट ३८ वटा सिसी किनेको आशंका छ । कुनै औषधि कम्पनीले नक्कली खोप अभियान चलाउनका लागि खाली सिसीहरूको दुरुपयोग गरेको हो कि भनेर पनि आशंका गरिएको छ ।  सुईमा पानी राखेर घोचिएकाले कसैलाई कुनै साइड इफेक्ट भएको छैन…
Read More
भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन्

भारतीय शहर मुम्बइमा चक्रवातमा परी १२७ जना हराएका छन्

मुम्बइको समुद्रमा आएको टाउकटी नामक चक्रवातका कारण हिन्द महासागरमा रहेको एक ठूलो डुंगा डुब्न पुग्दा कम्तीमा पनि १२७ जना व्यक्ति हराएका भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ ।डुंगामा २७३ जना यात्रु रहेका भारतीय जल सैनिक संगठनले जनाएको छ । भारतीय जल सैनिकका प्रवक्ताले एक विज्ञप्ति जारी गरेर १४६ जनाको सकुशल उद्धार गरेर जनाएको छ ।डुंगामा रहेका अरु १२७ जना अहिले पनि हराइरहेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको छ । मुम्बई हाइटको समुद्रमा सो डुंगा रहेका बेलामा मंगलबार टाउकटी नामक चक्रवातले सो क्षेत्रलाई प्रभावित पारेको थियो ।मंगलबार प्रति घन्टा १८५ किलोमीटरका दरले चक्रवात आएको थियो । चक्रवातले भारतका अरु क्षेत्रमा पनि…
Read More
बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड

बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड

अवैध निर्माण गरेको भन्दै बृहन्‍मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको अफिसमा तोडफोड गरेको छ । बीएमसीले नोटिस पठाइसकेपछि पनि कंगनाले अफिस निर्माण गरेको भन्दै बीएमसीले कंगनाको अफिस भत्काउने प्रयास गरेको हो । हाललाई भत्काउने कार्य रोकिएको बताइएको छ ।उनले आफ्नो कार्यालयको तस्बिर ट्विट गर्दै मुम्बइलाई पाकिस्तानको संज्ञा दिएकी छन् । अर्को फोटोमा उनले 'डेथ अफ डेमोक्रेसी' लेखेकी छन् ।
Read More