31
Dec
आफ्नो बच्चाको मृत्युपछि त्यसको बदला लिन २५० वटा कुकुरलाई मार्ने दुई बाँदरलाई अन्ततः नियन्त्रणमा लिइएको छ । केही कुकुरहरु मिलेर बाँदरको सानो बच्चालाई मारेपछि नै यस्तो घटना सुरु भएको बताइएको छ । यसरी पछिल्लो तीन महिनादेखि लभुल गाउँका कुकुरहरुलाई टिपेर उचाइमा पुर्याइ छाडिदिने गरेको स्थानीयले बताए । न्युज एटिनको रिपोर्ट अनुसार उनीहरुले कुकुर देख्नासाथ त्यसलाई उचाइमा लगेर माथिबाट फलिदिने गर्दथे । लभुलको छिमेकी गाउँका सबै कुकुर गायब हुन थालेपछि सम्बन्धित निकायले धेरैपटक यो जोडी बाँदरलाई नियन्त्रणमा लिन खोजेको हो । तर हरेकपटक असफल भइरहेको थियो । यसबीच स्थानीयहरु आफैँ कुकुरको उद्धार गर्न खोज्दा घाइते भएको पनि खबर गरिएको छ ।…