25
Nov
सिक्किम निवासी साङडोमा ब्लोनले ‘मिस तामाङ वर्ल्ड २०२१’ उपाधि जितेकी छन् । साधना कला केन्द्रको आयोजना रहेको प्रतियोगितामा उनले उत्कृष्ट डे«स, उत्कृष्ट हेल्थ, भ्यूअर्स च्वाइजसहित शीर्ष उपाधि जितेकी हुन् । ब्लोनले दुई लाख बराबरको सुनको मेडल, १५ तोला बराबरको सिल्भर क्राउन लगायतका विभिन्न ट्रफीका साथमा नगद ५० हजार हात पारेकी छन् । बिभिन्न उप विजेता समेत छानिएको प्रतियोगितामा उत्कृष्ट कल्चर रविना थिङ, उत्कृष्ट टुरिजम सविता लो, उत्कृष्ट एजुकेशन प्रभा फुयूबा, उत्कृष्ट सोसल वेलफेयर रेनु तामाङ, उत्कृष्ट इन्भाइरमेन्ट, वेष्ट ट्यालेन्ट र वेष्ट पर्सनालिटी अप्रिला घिसिङले चुम्न सफल भइन् । त्यसैगरी वेष्ट इकोनोमी अलिसा तामाङ, पब्लिक च्वाइस निशा रुम्बाले चुम्न सफल भएका…