25
Jun
संयुक्त राज्य अमेरिकामा एउटा १२ तले भवन बिहीवार भत्किँदा ९९ जना मानिसहरू बेपत्ता भएका छन्। एक जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै जना भग्नावशेषभित्र पुरिएको ठानिएको छ। हराएकाहरूमा कैयौँ ल्याटिन अमेरिकी आप्रवासी रहेका छन्। मायामीका मेयरले सङ्घीय सहयोगका लागि अनुरोध गरेका छन्। भवन भत्किनुको कारण प्रस्ट भएको छैन तर सुरक्षा प्रमाणीकरणका लागि त्यहाँ पुनर्निर्माणको काम भइरहेको थियो। भग्नावशेषबाट ३५ जनालाई निकालिएको र १० जनालाई परीक्षण गरी दुई जनालाई अस्पताल पठाइएको थियो। खोजीकार्य जारी रहँदा सानो आगलागी भएपनि त्यसलाई २० मिनेट भित्रै नियन्त्रणमा लिइएको स्थानीय अग्नि नियन्त्रण प्रमुखले बताएका छन्। फ्लोरिडाका गर्भनरले घटनास्थलमा पुगेर उद्धारको काम अझै जारी रहेको…