Messi

मेस्सीको व्यवहारले हकिमी चकित

मेस्सीको व्यवहारले हकिमी चकित

पेरिस सेन्ट जर्मेनका स्टार लियोनेल मेस्सीको व्यवहारले आफू चकित प रेको बताउँदै अरचफ हकिमीले उनी ड्रेसिङरुममा ‘सामान्य र शान्त’ रहेको बताएका छन् । बार्सिलोनाको आर्थिक संकटबीच २१ वर्षपछि क्लब छाडेर मेस्सी हालैमात्र पीएसजीसँग आबद्ध बनेका हुन् । ३४ वर्षीय खेलाडीले २ क्लबसँग दुई वर्षको करार गरेका छन् । हकिमी भने मैदानबाहिर उनको शान्त स्वभाव देखेर चकित छन् । ‘उनीसँग प्राविधिक समझदारी बनाउन सजिलो छ । म उनलाई बल दिन्छु अनि म कुद्छु । उनले जहाँ चाहिन्छ त्यहाँ बल फालिदिन्छन्,’ पीएसजीका फूल ब्याकले भने । उनी पनि यही ट्रान्सफर विन्डोमा पीएसजीमा आबद्ध भएका हुन्, ‘म उनको व्यवहार देखेर निकै चकित भएँ, उनी सामान्य र…
Read More
जब मेस्सीले बार्सिलोना छाड्नुपर्ने खबर पाए….

जब मेस्सीले बार्सिलोना छाड्नुपर्ने खबर पाए….

बार्सिलोना छाड्नुअघि आयोजित पत्रकार सम्मेलनमा फुटबल स्टार लिओनल मेस्सीले आँशु रोक्न सकेनन् । उजी निकै भावुक देखिएका थिए । बार्सिलोनामा बस्न तयार भए पनि त्यो सम्भव नभएको उनको गुनासो थियो । हुन पनि उनी क्लबसँग नयाँ सम्झौता गर्ने गरी कोपा अमेरिका जितेर बार्सिलोना फर्किएका थिए । तर जब उनका एजेन्ट समेत रहेका बुबा जोर्जे मेस्सीले बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टालाई भेटे, सम्झौता नहुने थाहा पाए । बुबा घरमा आएपछि मेस्सीले त्यो खबर थाहा पाए । उनले सबभन्दा पहिला पत्नी एन्टोनेलालाई सुनाए । ‘त्यसपछि हामीहरु खुब रोयौं किनकि हामी निकै दुःखी थियौं,’ बीबीसीलाई दिएको अन्तर्वार्तामा उनले भनेका छन् । त्यसपछि छोराहरुलाई बार्सिलोना…
Read More
‘रोनाल्डो र मेस्सी नभए पनि ला लिगा अझै उत्कृष्ट’

‘रोनाल्डो र मेस्सी नभए पनि ला लिगा अझै उत्कृष्ट’

स्पेनिस ला लिगा धेरै स्टार खेलाडीका लागि घरसरह मानिन्थ्यो । तर, यही लिगका सबैभन्दा दुई उत्कृष्ट खेलाडी र सम्भवत सर्वकालीन उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेका छन् । हालै मेम्सीले बार्सिलोना क्लब छाडेपछि ला लिगाको शीर्ष लिगको महत्व घटेको टिप्पणी हुन थालेको छ । तर यी दुई खेलाडीले छाड्दैमा ला लिगाको महत्व नघट्ने कतिपय विश्लेषकको भनाइ छ । ला लिगा अझै किन उत्कृष्ट छ, स्पेनिस सञ्चार माध्यम मार्काले पाँच कारण दिएको छ । क्रिष्टियानो रोनाल्डोले छाडेपछि रियल मड्रिडलाई र लियोनेल मेसीले छाडेपछि बार्सिलोनालाई घाटा लागेको छ, अब स्पेनमा लिग उपाधि होड खुल्ला बनेको छ । साविक विजेता…
Read More
मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

मेस्सीलाई अनुबन्ध गर्ने दौडमा युनाइटेड पनि

लियोनेल मेस्सीले बार्सिलोना छाडेपछि नै उनलाई अनुबन्ध गर्ने होडमा पेरिस सेन्ट जर्मेन अघि रहेको छ । तर, अहिले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड पनि यो दौडमा सामेल भएको छ । युनाइटेडले मेस्सीलाई हरेक हप्ता ६ लाख ७२ हजार युरो तलब दिने गरी २ वर्षको करार अफर गर्ने तयारी गरेको छ । बेलायती पत्रिका द सनका अनुसार युनाइटेडले मेस्सीलाई भित्र्याउनका लागि आफ्नो अफर प्रस्तुत गर्ने तयारी गरेको हो । हालसम्म मेस्सी पीएसजी जाने बारेमा विमर्श भइरहेका बेला यो सिजन जाडोन सान्चो र राफायल भरानलाई भित्र्याएको युनाइटेडले पनि उनलाई अनुबन्धन गर्ने महत्त्वाकाङ्क्षा देखाएको छ । पीएसजीले मेस्सीलाई अनुबन्ध गर्न नसकोस् भनेर युरोपेली…
Read More
‘मेस्सी नै सर्वोत्कृष्ट’ – नेयमार

‘मेस्सी नै सर्वोत्कृष्ट’ – नेयमार

 कोपा अमेरिकाको फाइनल पछि अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीलाई ब्राजिलियन स्टार नेयमारबीचको अंकमाल गर्दै बधाई दिएका थिए । उनीहरुबीचको हार्दिकता देखिन्थ्यो । उनीहरुबीच केहि समय कुराकानी पनि भएको थियो। त्यसै क्षणका केहि कुराकानीलाई नेयमारले सामाजिक सञ्जालमार्फत राखेका छन् । मेस्सी र नेयमारले बार्सिलोनामा ४ सिजनसँगै बिताएका थिए । उनीहरुबीचको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेयमारले फेरि पनि मेस्सीसँग खेल्ने इच्छा रहेको पटक पटक बताउँदै आएका छन् । कोपाको सफलताका लागि मेस्सीलाई बधाई दिएको भन्दै नेयमारले इन्स्टाग्राममार्फत भावुक सन्देश दिएका छन् । ‘हारले दुःखी बनाएको छ । अहिले सम्म पनि म त्यसबाट बाहिर निस्कन सकेको छैन’, उनले भनेका छन्, ‘हिजो म…
Read More
कोपा अमेरिकाको फाइनलमा मेस्सीले तोड्न सक्छन् यी कीर्तिमान

कोपा अमेरिकाको फाइनलमा मेस्सीले तोड्न सक्छन् यी कीर्तिमान

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक धेरै खेल खेल्ने कीर्तिमान मेस्सीको नाममा छ । जारी कोपा अमेरिकामै उनले यो कीर्तिमान बनाएका हुन् । मेस्सी यस प्रतियोगितामा सबैभन्दा उत्कृष्ट खेलाडीका रूपमा देखिएका छन्, उनले चार गोल र पाँच एसिस्ट गरिसके । अर्जेन्टिनाले जारी प्रतियोगितामा गरेका ११ गोलमध्ये ९ वटा गोलमा कप्तान मेस्सी प्रत्यक्ष रूपमा संलग्न छन् ।  मेस्सीले जारी प्रतियोगितामा बनाएका कीर्तिमान यस्ता छन् :  १ अर्जेन्टिनाका लागि सर्वाधिक खेल  मेस्सीले पूर्व कप्तान जाभियर मास्चेरानोको कीर्तिमान तोड्दै अर्जेन्टिनाको जर्सीमा सर्वाधिक खेल खेले । मास्चेरानोले अर्जेन्टिनाका लागि १ सय ४७ खेल खेलेका थिए । समूह चरणमा बोलिभियाविरुद्धको खेलसँगै मेस्सीको अन्तर्राष्ट्रिय खेल संख्या १ सय ४८ पुग्यो…
Read More