09
Apr
पाकिस्तानका पीएमएल–एन नेता मरियम नवाजले प्रधानमन्त्री इमरान खानलाई भारत बसाइसराइ गर्न सुझाव दिएकी छन् । नवाजले ट्वीट गर्दै भनेकी छन्, "भारत त्यति धेरै मनपर्छ भने त्यहाँ सिफ्ट हुनुहोस्, पाकिस्तानको ज्यान छाड्नुहोस् । शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री इमरान खानले संसद ब्यूँताउने सर्वोच्च अदालतको निर्णयको आलोचना गरेका थिए। यो अवधिमा उनले विपक्षीमाथि गम्भीर आरोप लगाउँदै भारतको प्रशंसा गरेका थिए । खानले भनेका थिए, 'कुनै पनि विदेशी शक्तिलाई भारतको विदेश नीतिमा हस्तक्षेप गर्ने हिम्मत छैन।' भारत स्वाभिमानी देश हो। भारतको विदेश नीति स्वतन्त्र छ र हरेक दबाबलाई बाइपास गर्छ, यसले रुसबाट तेल लिइरहेको छ ।" खानको सम्बोधनपछि म्यारियम नवाजले ट्वीट गर्दै भनेको…