MARS

अमेरिकी यान: मङ्गल ग्रहमा १०० दिनका रोमाञ्चक पर्सिभिअरन्सको तस्बिरहरू

अमेरिकी यान: मङ्गल ग्रहमा १०० दिनका रोमाञ्चक पर्सिभिअरन्सको तस्बिरहरू

फेब्रुअरी १८ को दिन अवतरण गरेको यानले मङ्गल ग्रहमा रोमाञ्चक तस्बिरहरू खिचेको छ। पर्सिभिअरन्ससँगै त्यहाँ पठाइएको सानो हेलिकप्टरले पनि तस्बिरहरू खिचेको छ। अहिलेसम्म पृथ्वी आइपुगेको मङ्गल ग्रहका केही छानिएका तस्बिरहरू यस्ता छन्: पर्सिभिअरन्स यान सञ्चालनका निम्ति मङ्गल ग्रहको एक वर्ष, अर्थात्‌ पृथ्वीको गणनामा लगभग दुई वर्ष जतिलाई पुग्ने प्रारम्भिक चरणको रकम उपलब्ध रहेको छ। मङ्गल ग्रहको चट्टान एप्रिल १९ मा हेलिकप्टर १० फिटमाथि उडेर पृथ्वीबाहिर पहिलो पटक नियन्त्रित उडान गर्ने यन्त्र बन्यो।
Read More
चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ

चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ

उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।चिनियाँ यान आइतवार बिहानै मङ्गल ग्रहमा सफलतापूर्वक अवतरण गरेको थियो । चिनियाँ यान अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ । मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् । सौर्य ऊर्जाबाट चल्ने जुरोङको २४० किलो तौल रहेको छ । यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।पाँच उपकरण…
Read More
मङ्गल ग्रह: अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स अवतरण

मङ्गल ग्रह: अमेरिकी अन्तरिक्ष यान पर्सिभिअरन्स अवतरण

अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिनापछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको छ। नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। "हामीले गर्‍यौँ। हामी त्यहाँ पुग्यौँ," उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो। सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ/छैन भनेर हेरिने छ। उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ। यो सन् १९७०को दशकको भाइकीङ् मिसनपछि मङ्गल ग्रहमा जीवनको सम्भावनाबारे अध्ययन…
Read More