05
Dec
पछिल्लो थुप्रै दिनदेखि मिडियामा बलिउड सेलिब्रिटी विक्की कौशल र कट्रिना कैफको विवाहको खबर आइरहेको छ। दुबै सेलिब्रिटीले यसबारे पुष्टि गरेका छैनन् तर राजस्थानको प्रशासन यी दुई सेलिब्रिटीको विवाहको विषयमा कानुन व्यवस्था बनाइराख्नका लागि तयारीमा जुटेको छ । शुक्रबार यो विवाहको विषयमा सवाई माधोपुरमा जिल्लाधिकारी राजेन्द्र किशनको अध्यक्षतामा एक बैठक बोलाइयो । यसमा वेडिङ प्लानर्स, होटल मालिक, प्रहरी अधिक्षकसमेत सबै अधिकारी उपस्थित थिए । बैठकपछि सवाई माधोपुर जिल्ला कलेक्टर राजेन्द्र किशनले बीबीसीसँगको कुराकानीमा भने 'स्थानीय प्रशासनसँग बैठक गरिएको छ। सरसफाई र कानुन व्यवस्था स्थापित राख्नका लागि निर्देशन दिएका छन् । कुनै घटना नहोस् र ट्राफिकयातायात सहज रहोस् भन्नका लागि छलफल भइरहेको…