31
Aug
भारतको अनलाइनमार्फत खाना उपलब्ध गराउने कम्पनि जोमाटोले बलिउड अभिनेता ऋतिक रोशन तथा अभिनेत्री कट्रीना कैफलाई लिएर बनाएको विज्ञापन विवादमा तानिएको छ । उक्त कम्पनिले आफ्नो नयाँ विज्ञापनले यत्तिको आलोचना व्यहोर्छ भन्ने सोचेकै थिएन । सामाजिक सञ्जालमा मानिसहरुले उक्त विज्ञापनको खुलेर आलोचना गर्न थालेका छन् । मानिसहरुले उक्त कम्पनीले खाना डेलिभरी गर्ने कर्मचारीहरुको शोषण गर्छ भन्ने आरोप लगाएका छन् । तर उक्त कम्पनीले आफ्नो विज्ञापनमा फूड डेलिभरी गर्नेहरुलाई एउटा हिरोको रुपमा प्रस्तुत गरिरहेको बताएको छ । ‘हाम्रो विज्ञापनले सही सन्देश दिन्छ, तर मानिसहरुले त्यसको गलत अर्थ निकालिरहेका छन्, तर विज्ञापनको माध्यमबाट डेलिभरी एक्जिक्यूटिव्सले आफ्नो कमिट्मेन्ट देखाइरहेको छ’, कम्पनिले भनेको छ ।…