02
Mar
भारतमा पछिल्लो समय दक्षिण भारतीय एक्सन फिल्मको दबदवा बढेको छ । दक्षिण भारतीय फिल्मले बलिउड फिल्मको बजारलाई समेत प्रभाव पार्न थालेपछि बलिउडका सिनेकर्मीहरु दक्षिण भारतमा समेत केन्द्रित हुन थालेका छन् । यस्तै क्रममा अभिनेत्री कंगना रनौतको ध्यान पनि अहिले दक्षिण भारततर्फ छ । अभिनेत्रीले आफ्नो आगामी फिल्म ‘धाकड’को रिलिज मिति घोषणासँगै आफ्नो फिल्मलाई दक्षिण भारतमा त्यहाँको स्थानीय भाषामै रिलिज गर्ने बताएकी छिन् । रजनीश घई निर्देशित मे २७ मा सिनेमाघरमा रिलिज हुँदैछ । यो अब भारतमा हिन्दी तथा दक्षिण भारतमा तमिल, तेलुगु र मलायालम भाषामा रिलिज हुने भएको छ । फिल्म पूर्ण एक्सन प्रधान भएकाले यही फिल्मबाट दक्षिण भारतीय बजारमा…