21
Dec
राज्यसभामा समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चनले सरकारमाथि आक्रोश पोख्दै 'श्राप' दिएकी छन्। राज्यसभामा भइरहेको नार्कोटिक ड्रग्स र साइकोट्रोपिक पदार्थ (संशोधन) विधेयकमाथिको छलफलका क्रममा सोमबार संसदको चर्काचर्की भएको हो। सरकारको अब खराब दिन आएको भन्दै जया बच्चन आक्रोशित बनिन्। सभामुखले जया बच्चनलाई नार्कोटिक ड्रग्स एन्ड साइकोट्रपिक सब्सटेन्सेस (संशोधन) विधेयक २०२१ मा छलफलमा बोल्न समय दिए। उनले सुरूमै भनिन्, ‘म तपाईंलाई धन्यवाद दिन चाहन्नँ। किनकी तपाईं यताबाट चिच्याउँदै बेलमा जाने समयको याद गर्ने कि आज त्यो कुर्सीमा बसेको बेलाको याद गर्ने?’ जया बच्चनले बोलिरहेका बेला भाजपा सांसद राकेश सिन्हाले उनीमाथि संसदको गरिमा घटाएको भन्दै आक्रोश पोखे। उनले सभामुखलाई व्यक्तिगत रूपमा सम्बोधन गरेको आरोप लगाउँदै…