Jammu and Kashmir

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना

भारतीय सेनाको हेलिकोप्टर जम्मूमा दुर्घटना भएको छ । भारतको जम्मू क्षेत्रमा उधमपुर जिल्लाको चर्चित पर्यटन स्थल पटनी टपको माथिल्लो इलाकामा भारतीय सेनाको चीता हेलिकोप्टर मंगलबार बिहान दुर्घटनाग्रस्त भएको हो । उक्त दुर्घटनामा हेलिकोप्टरका पाइलट र को–पाइलट गम्भीर रुपमा घाइते भएका छन् । जम्मूमा सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नल देवेन्द्र आनन्दले यसबारे एक आधिकारिक बयान जारी गरेका छन् । उनले भने, ‘मंगलबार बिहान एक तालिम उडानका क्रममा हेलिकोप्टर उधमपुरको शिवगढ घार इलाकामा दुर्घटनाग्रस्त भएको हो । गम्भीर रुपमा घाइते दुबै पाइलटलाई नजिकैको सैनिक अस्पताल पुर्याइएको छ ।’ स्थानीय नागरिकको मद्दतले सेना र स्थानीय प्रहरीले गम्भीर रुपमा घाइते पाइलटलाई दुर्घटनाग्रस्त हेलिकोप्टरबाट निकालेर अस्पताल पुर्याए…
Read More
जम्मु काश्मिरमा पुलिसले खसाल्यो उडिरहेको ड्रोन

जम्मु काश्मिरमा पुलिसले खसाल्यो उडिरहेको ड्रोन

जम्मु काश्मिरको कनाचक इलाकामा पुलिसले एक ड्रोनलाई खसालेको छ । उक्त ड्रोन पाकिस्तानबाट पठाइएको सञ्चारमाध्यमको दाबी छ । समाचार एजेन्सी एउनआईका अनुसार यस ड्रोन खसेसँगै पाँच किलो आईईडी पनि बरामद गरिएको छ । सीमा क्षेत्रमा पछिल्ला केही दिनदेखि लगातार ड्रोन देखिएको सञ्चारमाध्यमले जनाएका छन् । ड्रोनको मार्फतबाट कुनै ठूलो हमलालाई सार्थक बनाउने प्रयासमा विद्रोहीहरु लागेको भन्दै गुप्तचरहरुले यसअघि नै सरकारलाई सतर्क गराइसकेका छन् । त्यहीकारण सुरक्षा बलले यस चुनौतीलाई सामना गर्नका लागि रणनीति बनाएको छ । त्यही रणनीतिअन्तर्गत यस ड्रोनलाई खसालिएको जनाइएको छ । उता, बारामुल जिल्लाको सोपोरस्थित वारपोरामा सुरक्षा बल र विद्रोहीबीचको मुठभेडमा परेर केही सैन्यधारी मारिएका छन् ।…
Read More
श्रीनगर शहरमा  ड्रोन प्रयोगमा प्रतिबन्ध; ड्रोनका मालिकहरुलाई ड्रोन पुलिस स्टेशनमा  जम्मा गर्ने आदेश

श्रीनगर शहरमा ड्रोन प्रयोगमा प्रतिबन्ध; ड्रोनका मालिकहरुलाई ड्रोन पुलिस स्टेशनमा जम्मा गर्ने आदेश

जम्मूको एयरफोर्स अड्डामा ड्रोन हमला भएको एक हप्ता पछि श्रीनगर प्रशासनले ड्रोनको प्रयोग, कब्जा र बिक्रीमा प्रतिबन्ध लगाएको छ। जिल्ला मजिस्ट्रेट मोहम्मद आइजाजको कार्यालयले जुलाई ३ मा जारी गरेको आदेश अनुसार ड्रोन क्यामेरा वा यस्तै अन्य मानव रहित हवाई सवारीसाधन भएका व्यक्तिहरूले ड्रोनहरुलाई पुलिसमा बुझाउनु पर्नेछ। कृषि विभाग, वातावरणीय संरक्षण र प्रकोप निवारण क्षेत्रमा सर्भेन्स र सर्भेलेन्स गतिविधिहरूका लागि ड्रोन प्रयोग गर्ने सरकारी विभागहरूलाई ती प्रयोग गर्नु अघि स्थानीय प्रहरी चौकीमा खबर गर्न भनिएको छ।
Read More