08
Jan
ऐतिहासिक तथा परम्परागत प्राचीन जलपेश मन्दिरमा स्काईवाक निर्माणको काम धमाधम भइरहेको छ। मुख्यमन्त्री ममता ब्यानर्जीले दिएको ५ करोडको लागतमा जल्पेश मन्दिरको सौन्दर्यीकरणको काम भइरहेको छ, जसमा जल्पेश मन्दिरको जीर्णोद्धार भइरहेको छ। यसअन्तर्गत स्काईवाक निर्माण भइरहेको छ। मन्दिर श्रोतका अनुसार अबको दुई महिनामा काम सम्पन्न हुनेछ। जल्पेशको सबैभन्दा ठूलो मेला श्रावणी मेला हो भन्ने सबैलाई थाहा छ। यस मेलामा टाढा टाढाबाट भक्तजनको भीड लागेको छ। मुख्यमन्त्रीको अनुदान रकममा स्काइवाक निर्माण हुन लागेको हो, यसका कारण मन्दिर परिसरमा हुने भीडभाडबाट बच्न भक्तजनलाई धेरै सुविधा हुने बताइएको छ। स्काईवाकमा प्रवेश र निकासका लागि दुईवटा मुख्य र दुईवटा साना सिँढीहरू हुनेछन्। स्काईवाकमा पिउने पानी…