04
Jun
भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। भियतनामका उप स्वास्थ्यमन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति गर्नुभएको थियो । भियतनामले यसअघि अस्ट्राजेनिका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ। गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ। शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । योसहित भियतनाममा छ हजार ५७७ जना सङ्क्रमित भएका छन्। सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो यसैबीच, चीनमा बुधबारसम्म ७० करोड ४८ लाख…