INTERNATIONAL

एएफसी वुमेन्स कप : नेपालको समूहमा फिलिपिन्स र हङकङ

एएफसी वुमेन्स कप : नेपालको समूहमा फिलिपिन्स र हङकङ

एएफसी वुमेन्स एसियन कप २०२२ को क्वालिफायरमा नेपालले हङकङ र फिलिपिन्ससँग खेल्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको भर्चुल ड्र अनुसार नेपाल समूह एफमा परेको हो । यस समूहमा नेपालसँगै हङकङ र फिलिपिन्स छन् । यस समूहको आयोजकको रुपमा नेपाल रहनेछ र नेपालले घरेलु मैदानमै खेल्ने अवसर पाउनेछ । एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ड्रअनुसार नेपालसहित हङकङ र फिलिपिन्स यो समूहमा परेका छन्। फिफा वरीयतामा फिलिपिन्स ६८औं, हङकङ ७६औं र नेपाल १०१औं स्थानमा छन्। समूहको खेल नेपालमा हुनेछन्। खेल सेप्टेम्बर २०२१ मा हुनेछ। समूहको शीर्ष टिम जनावरी २०२२ मा भारतमा हुने एएफसी वुमेन्स एसियन कपमा छनोट…
Read More
न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने

न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ। न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो। यस सम्बन्धमा औषधी नियामक निकायले गरेको सिफारिसलाई मन्त्रिपरिषद्ले आगामी हप्ता पारित गर्ने अपेक्षा गरिएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री जसिन्डा अर्डेर्नले मन्त्रिपरिषदबाट यो प्रस्ताव पारित गरेपछि १२ देखि १५ वर्षसम्मका किशोरकिशोरीहरुलाई खोप लगाउन थालिने भएको छ । यस वर्षको अन्त्यसम्ममा उनीहरुलाई खोप लगाएर सकिने अनुमान गरिएको छ । अहिलेसम्म कोरोनाभाइरसका कारण बालबालिकाहरुमा परेको असर तुलनात्मक रुपमा कम देखिएका छन् । विशेष गरेर उनीहरुलाई गम्भीर बनाएका घटना पनि कम भएको अधिकारीहरुले जनाएका छन्…
Read More
रुसमा जहाज दुर्घटनामा नौ जनाको मृत्यु

रुसमा जहाज दुर्घटनामा नौ जनाको मृत्यु

रुसको दक्षिण पश्चिमी क्षेत्र सिबेरियामा भएको जहाज दुर्घटनामा परी ९ जनाको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार रुसको दक्षिणपश्चिमी क्षेत्रमा सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको बताइएको छ । त्यसक्रममा जहाज धस्सिएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेर दुई जना चालक दलका सदस्य र अरु सात जना यात्रु गरेर ९ जनाको ज्यान गएको बताइएको छ । सो जहाज अवतरणका क्रममा दुर्घटनामा परेको थियो । त्यस जहाजमा १७ जना रहेका र संकटकालीन रुपमा अवतरण गर्ने क्रममा ९ जनाको ज्यान गएको रुसी समाचार समिति तासले जनाएको छ । सो जहाज राम्रै अवस्थामा रहेको र शनिबार मात्र पनि अरु तीन ओटा उडान…
Read More
जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ बर्षमा निधन

जाम्बियाका प्रथम राष्ट्रपति काउन्डाको ९७ बर्षमा निधन

अफ्रिकी मुलुक जाम्बियाका प्रथम राष्ट्रपति केन्नेथ काउन्डाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा बिहीबार निधन भएको सरकारी अधिकारीहरुले पुष्टि गरेका छन् । जाम्बिया मन्त्रीपरिषद्का सचिव सिमोन मिटीले स्थानीय समय अनुसार बिहीबार दिउँसो साढे २ बजे उनको निधन भएको पुष्टि गरेका हुन् । उनलाई उपचारका लागि गत सोमबारदेखि राजधानी लुकासामा रहेको सैन्य अस्पतालमा भर्ना गरिएको थियो । निमोनियाका कारणले उहाँको निधन भएको उनको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् । उनलाई यसअघि कोरोनाभाइरसको सङ्क्रमण भएको पनि भनिएको थियो । जाम्बियाका राष्ट्रपति एडगर लुँगुले मुलुकका प्रथम राष्ट्रपतिको निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । “राष्ट्रको अभिभावकको रुपमा रहनु…
Read More
युरोकप फुटबलमा रुसको पहिलो जित

युरोकप फुटबलमा रुसको पहिलो जित

१६ औं संस्करणको युरोकप फुटबलमा रुसले पहिलो जित हाँसिल गरेको छ । बुधबार साँझ भएको समूह चरणको आफ्नो दोस्रो खेलमा फिनल्याण्डलाई १-० गोल अन्तरले पराजित गर्दै रुसले पहिलो जित हाँसिल गरेको हो । सेन्ट पिटर्सवर्ग स्टेडियममा रुसलाई जित दिलाउन एलेक्सी मिरानचुकले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा मिरानचुकले निर्णायक गोल गरे  । उनले आर्टम ज्यूबाको पासमा उत्कृष्ट गोल गरेका हुन् । त्यसअघि खेलको चौंथो मिनेटमा फिनल्याण्डका जोएल पोहजनपालोले गोल गरेका थिए । तर, भीएआरमा जोएल अफसाइड देखिएपछि उनको गोलले मान्यता पाएन । यस जितसँगै समूह ‘बी’ को रुसले २ खेलमा ३ अंक जोडेको छ । रुस तालिकाको दोस्रो…
Read More
सोमालियामा अल सेबाबका ९ लडाकू मारिए

सोमालियामा अल सेबाबका ९ लडाकू मारिए

सोमालियामा यहाँको सेनाले गरेको कहारबाहीमा कम्तीमा पनि नौ जना सशस्त्र लडाकू मारिएका छन् । सैन्य अधिकारीहरुले दिएको जानकारीअनुसार सोमालियाको मध्य भागमा रहेको एक प्रान्तमा सेनाले गरेको कारबाहीमा परेर अल सेबाब विद्रोही समूहका नौ जना लडाकू मारिएका हुन् ।सोमालियको मध्य प्रान्त साबेलेमा राष्ट्रिय सेनाले विद्रोहीका विरुद्धमा कारबाही गरेको थियो । सो कारबाहीमा परेर नौ जनाको ज्यान गएको छ भने अरु केही घाइते भएका छन् । ती क्षेत्रमा लामो समयदेखि अल सेबाबका लडाकूहरुले हतियार लुकाएर राखेका र हिंसात्मक गतिविधि गर्ने गरेको सूचना सेनाले पाएको जनाएको थियो । त्यस सूचनाका आधारमा सेनाले ती क्षेत्रमा केही दिनदेखि कारबाही पनि जारी राखेको थियो । मंगलबारको…
Read More
इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी

इजरायलद्वारा गाजा क्षेत्रमा फेरि बमबारी

गत महिना ११ दिनको इजरायल-हमास युद्ध युद्धविरामका साथ समाप्त भयो। तर इजरायल र गाजा फेरि एक पटक आमने सामने छन्। प्राप्त जानकारीका अनुसार इजरायलले गाजा पट्टीमा फेरि आक्रमण गरेको छ। इजरायलले गाजातर्फ राकेट प्रहार गरेर फेरि युद्धविरामको उल्लंघन गरेको छ, जुन २१ मेको युद्धविरामको अन्त्यको रूपमा देख्न सकिन्छ। इजरायलले गरेको यो हमला युद्धविराम सम्झौतापछिको सबैभन्दा ठूलो घटना हो। यस आक्रमणको बारेमा, इजरायलले भनेका छ कि जब उनले हमासको बिरुद्द इजरायल तर्फ फायरबल खेलेका थिए उनले यो आक्रमण गरेका थिए। यसभन्दा ठीक अघि इजरायली दक्षिणपन्थीले भर्खरै पूर्वी जेरूसलमको लागि कूच गरिसकेको थियो, जसमा धेरै उत्तेजक नारा पनि उठाइएको थियो, प्यालेस्टाइनले यसैले…
Read More
केसिकोभाले जितिन् फ्रेञ्च ओपन

केसिकोभाले जितिन् फ्रेञ्च ओपन

बारबरा केसिकोभाले फ्रेञ्च ओपन टेनिसको महिला एकलतर्फको उपाधि जित्नुभएको छ । यो उहाँको पहिलो ग्रान्ड स्लाम उपाधि हो । रुसी टेनिस खेलाडी एनास्टासिया पेभ्लुचेन्कोभालाई ६–१ २–६ ६–४ ले हराउँदै केसिकोभाले उपाधि हात पार्नुभयो । वरीयताविहीन २५ वर्षीया केसिकोभाले ग्रान्ड स्लामको उपाधि जाना नोभोत्नालाई समर्पित गर्नुभयो । ४९ वर्षीया नोभोत्ना केसिकोभाकी मेन्टनर हुनुहुन्थयो । उहाँको मृत्यु सन् २०१७ मा क्यान्सरले भएको थियो ।
Read More
सिरियाका लाखौं नागरिकलाई मानवीय सहायता आवश्यक

सिरियाका लाखौं नागरिकलाई मानवीय सहायता आवश्यक

सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको छ । ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामग्रीहरुको पनि उपलब्धता हुन सकेको छैन । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरुले सो कुराको जानकारी दिएका छन् । उनीहरुका अनुसार सिरियाको उत्तर पश्चिमी क्षेत्रमा बसोबास गरिरहेका ३४ लाख नागरिकमध्ये ९० प्रतिशतलाई मानवीय सहायताको खाँचो रहेको छ । ती नागिरिकहरु सिरियामा करिब एक दशकको समयमा द्धन्द्धको चपेटामा परेका छन् । जसका कारणले अहिले आएर आर्थिक संकट थपिएको छ । त्यसैले उनीहरु खाना र बासकै समस्यामा परेका छन् । ती क्षेत्र बढी मात्रामा द्धन्द्धग्रस्त क्षेत्रहरु पनि भएकोले गर्दा…
Read More
विश्वकप छनोट : नेपालले आज जोर्डनको सामना गर्दै

विश्वकप छनोट : नेपालले आज जोर्डनको सामना गर्दै

विश्वकप र एसिया कपको दोस्रो चरणको छनोट खेल्ने कुवेतमा रहेको नपाली टिममले आज राति बलियो जोर्डनको सामाना गर्दै छ। समूह बी अन्तर्गतको नेपाल र जोर्डनबीचको कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ। विश्वकप छनोटको अघिल्लो चरणमा पुग्ने सम्भावना गणीतिय हिसाबमा मात्र रहेपनि एसिया कपको अघिल्लो चरण पुग्ने सम्भावना रहेका नेपालले बलियो जोर्डनविरुद्ध जितको लक्ष्या साथ मैदान उत्रने छ। जोर्डनविरुद्ध जित निकाल्न सकेन नेपालको एसिया कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो हुनेछ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि जोर्डनविरुद्ध आफूहरुको एकमात्र लक्ष्य जित भएको बताएका छन् । तर, नेपालले जोर्डनविरु जित निकाल्न त्यति सहज भने हुने छैन…
Read More