18
Feb
गत १४ फरवरीमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले महामारीको प्रतिक्रियामा विश्वव्यापी कार्यलाई समन्वय गर्ने उद्देश्यले कोविड-१९ मा भर्चुअल ग्लोबल एक्शन बैठक डाकेका थिए। फिलिपिन्सको औपचारिक भ्रमणमा रहेका भारतीय विदेशमन्त्रीको अनुपस्थितिमा भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्लाले उक्त बैठकमा भारतको प्रतिनिधित्व गरेका थिए। बैठकमा विभिन्न देश तथा अन्तरराष्ट्रिय संघ-संस्थाका विदेश मन्त्री तथा उच्च अधिकारीहरुको सहभागिता रहेको थियो। भारतले वर्ल्ड हेल्थ आर्गेनाईजेशन (डब्लुएचओ) द्वारा अनुमोदित गरी चारवटा खोपहरू उत्पादन गर्दछ - कोभ्याक्सिन, कोविशील्ड, कोवोभ्याक्स र जनसेन। यसवाहेक अझ तीन अन्य खोपहरू - कोरबिभ्याक्स, जयकोवि-डी र जेन्नोभा स्वीकृतिको लागि बाँकी छन्। भारतले सन् २०२२ मा ५ बिलियन डोज उत्पादन गर्न सक्छ भन्ने विश्वास गर्छ। भारतले…