India

भारतमा पब्जी प्रतिबन्धित

भारतमा पब्जी प्रतिबन्धित

चीन र भारतबीच तनाव बढिरहेको बेला दिल्लीले थप ११८ वटा चिनियाँ मोबाइल एपलाई प्रतिबन्ध लगाएको छ।प्रतिबन्ध लगाइएका एपमा चर्चित भिडिओ गेम पब्जी र विच्याट लगायत धेरै एप टेन्सेन्ट कम्पनीका उत्पादन छन्।यसअघि भारत सरकारले टिकटक सहितका ५९ वटा निकै लोकप्रिय एपहरूलाई राष्ट्रिय सुरक्षाको सरोकार देखाउँदै प्रतिबन्ध लगाएको थियो। पछिल्लोपटक प्रतिबन्धित गरिएका एपले राष्ट्रिय स्वार्थविरुद्ध काम गरिरहेको 'विश्वस्त सूचना' आफूसँग रहेको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।
Read More
प्रणब मुखर्जी: भारतको भूतपूर्व राष्ट्रपति अनी भारत रत्न को दुखित निधन

प्रणब मुखर्जी: भारतको भूतपूर्व राष्ट्रपति अनी भारत रत्न को दुखित निधन

हाम्रो पूर्व राष्ट्रपति श्री प्रणव मुखर्जी र भारत रत्न दिल्लीको अस्पतालमा फोक्सोको संक्रमणका कारण ८४ वर्षको उमेरमा बित्नुभयो। यस महिनाको सुरूमा उनले ब्रेन सर्जरी गरेका थिए र सेप्टिक आघातको स्थितिमा थिए किनभने उनको अवस्था फोक्सोको संक्रमणको कारण बिग्रिएको थियो। उनका छोरा अभिजित मुखर्जीले उनको निधनको घोषणा गरे। उनले दृढ राजनीतिक विश्वास, विद्वान बराबर उत्कृष्टता र एक विशाल राजनीतिज्ञको विरासत छोडे। २०१२ मा उनी भारतको १३औं राष्ट्रपतिको रूपमा निर्वाचित भए। यस अघि उहाँ सात पटक संसद सदस्यको रूपमा काम गर्नुभयो। शोक अभिजित मुखर्जीले ट्वीट गरे: "हेवी हार्टको साथ, यो कुरा तपाईंलाई सूचित गरिरहेको छ कि मेरा बुबा श्री # प्रणव मुखर्जी…
Read More
दिल्लीमा भएका दङ्गाका क्रममा “गम्भीर प्रकृतिको मानवाधिकार उल्लङ्घन” , आरोप एक अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाका

दिल्लीमा भएका दङ्गाका क्रममा “गम्भीर प्रकृतिको मानवाधिकार उल्लङ्घन” , आरोप एक अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्थाका

भारतीय प्रहरीले केही महिनाअघि राजधानी दिल्लीमा भएका धार्मिक दङ्गाका क्रममा "गम्भीर प्रकृतिको मानवाधिकार उल्लङ्घन" गरेको आरोप एक अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टर्न्याश्नलले लगाएको छ ।उक्त संस्थाले आफ्नो प्रतिवेदनमा भारतीय प्रहरीले प्रदर्शनकारीहरूलाई कुटपिट गरेको, हिरासतमा लिइएका व्यक्तिहरूलाई यातना दिएको र कुनैकुनै घटनामा हिन्दूवादी दङ्गाकारीहरूको साथ लागेर दङ्गामा सहभागी समेत भएको जस्ता कुराहरू उल्लेख गरेको छ । नागरिकतासम्बन्धी एउटा विवादास्पद कानुनलाई लिएर त्यस बेला हिन्दू र मुस्लिम समुदायका मानिसहरूबीच भिडन्तहरू हुँदा भारतमा ४० जनाभन्दा बढीको ज्यान गएको थियो ।एम्नेस्टी इन्टर्न्याश्नलका अनुसार उक्त दङ्गाका क्रममा मुस्लिमहरूतर्फ क्षति भएको थियो।
Read More
कोरोनाभाइरसमा भारत तेस्रो स्थान !

कोरोनाभाइरसमा भारत तेस्रो स्थान !

कोरोनाभाइरसबाट सङ्क्रमित भएका व्यक्तिको सङ्ख्यामा अमेरिका र ब्रजिलपछि भारत तेस्रो स्थानमा छ।भारतमा मृत्युदर अन्यत्रभन्दा कम भए पनि सङ्क्रमणको तीव्र वृद्धिदरले विज्ञहरू चिन्तित देखिएका छन्।भारतमा २० दिनमा सङ्क्रमण १० लाखबाट दोबर हुँदै २० लाख भएको थियो।विगत २४ घण्टामा त्यहाँ झन्डै ६४,००० सङ्क्रमित थपिएर कुल सङ्ख्या २३ लाख नजिक पुगेको छ।
Read More
२० दिनमा १० लाख सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो

२० दिनमा १० लाख सङ्क्रमित थपिए, कुल सङ्ख्या २० लाख नाघ्यो

भारतमा २० लाख भन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको आधिकारिक तथ्याङ्कले देखाएको छ।विगत २० दिनमा त्यहाँ १० लाख सङ्क्रमित थपिएका छन्। यो सङ्क्रमण वृद्धिदर अमेरिका र ब्रजिलको भन्दा बढी हो।अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० देखि २० लाख पुग्न ४२ दिन र ब्रजिलमा २७ दिन लागेको थियो।भारतमा केही हप्तायता व्यापक रूपमा परीक्षण गरिएको छ। तर त्यहाँ राज्यअनुसार स्थिति फरक छ।सङ्क्रमितहरूको सङ्ख्या २० लाख नाघ्ने भारत तेस्रो देश बनेको छ।विगत २४ घण्टामा त्यहाँ ६२,१७० जनामा सङ्क्रमण पुष्टि भएको थियो। यससँगै सङ्क्रमितहरूको कुल सङ्ख्या २०,२५,४०९ पुगेको छ।तीमध्ये ४०,७०० जनाको मृत्यु भएको छ।
Read More
भारतीय साङ्केतिक भाषामा टेलिभिजनमार्फत् सूचना प्रसारित हुन्छ

भारतीय साङ्केतिक भाषामा टेलिभिजनमार्फत् सूचना प्रसारित हुन्छ

भारतमा टेलिभिजनमार्फत् कोरोनाभाइरसबारे सूचना प्रसारित हुन्छ।कान सुन्दै नसुन्ने र श्रवणशक्ति कम भएका ५० लाख भारतीयहरू टीभीमा प्रसारित सामग्रीबाट लाभान्वित हुन सकेका छैनन्। तर केही व्यक्तिले भारतीय साङ्केतिक भाषामा केही सामग्री बनाएर सामाजिक सञ्जालमा उपलब्ध गराइरहेका छन्। यसरी सुसूचित गर्दा दिँदा मिथ्या समाचार र अनर्गल कुराबाट उनीहरूलाई जोगाउन सकिने अपेक्षा गरिएको छ। हेर्नुहोस् यो भिडिओ।
Read More
कोभिड-१९ का कारण भारतमा सोमवार एकै दिन विश्वभरिकै सर्वाधिक मृत्यु

कोभिड-१९ का कारण भारतमा सोमवार एकै दिन विश्वभरिकै सर्वाधिक मृत्यु

भारतमा सोमवार ८०३ जनाको कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु भएको सरकारले जनाएको छ। उक्त सङ्ख्या विगत २४ घण्टाको अवधिमा विश्वभरि कुनै पनि देशमा मृत्यु भएका व्यक्तिको सर्वाधिक सङ्ख्या हो।सो अवधिमा भारतमा अन्यत्रको भन्दा सर्वाधिक सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका थिए।मङ्गलवार बिहान सार्वजनिक गरिएको तथ्याङ्कमा भारतमा सोमवार ५२,०५० जनामा कोभिड-१९ पुष्टि भएको उल्लेख छ।यो वृद्धिसँगै भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमितको कुल सङ्ख्या १८,५५,७४६ पुगेको छ। तीमध्ये ३८,९३८ जनाको मृत्यु भइसकेको छ।
Read More
भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना

भारतको ग्रामीण क्षेत्रमा पुग्यो कोरोना

 इण्डियन मेडिकल एसोसिएसन (आईएमए)ले भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको अवस्था निकै खराब रहेको बताएको छ । आईएमएका अनुसार भारतको ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको कम्युनिटी ट्रान्समिसनको संकेत देखिएको छ । आईएमए हस्पिटल बोर्ड अफ इन्डियाका अध्यक्ष डा. वीके मोङ्गाले एएनआईसँगको कुराकानीमा भारतमा कोरोना भाइरसको संक्रमण निकै तीव्र गतिमा फैलिएको बताए । भारतमा अहिले दैनिक ३० हजारभन्दा पनि धेरै नयाँ संक्रमित भेटिन थालेका छन् । मोङ्गाले भने, ‘मुलुकको लागि यो निकै खराब अवस्था हो । यससँगै जोडिएका धेरै पाटाहरु छन् तर अब यो ग्रामीण क्षेत्रमा फैलिरहेको छ । यो निकै खराब संकेत हो ।’ मोङ्गाले ग्रामीण क्षेत्रमा कोरोना भाइरस नियन्त्रण सरकारको लागि…
Read More
कोरोना भाइरस भारतः सङ्क्रमितको कुल सङ्ख्या १० लाख नाघ्यो, तर मृत्युदर कम

कोरोना भाइरस भारतः सङ्क्रमितको कुल सङ्ख्या १० लाख नाघ्यो, तर मृत्युदर कम

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिको कुल सङ्ख्या १० लाख नाघेको छ। विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशहरूको सूचीमा भारत अमेरिका र ब्रजिलपछि तेस्रो स्थानमा छ। भारतको स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले शुक्रवार बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा देशभरि थप ३४,९५६ जनामा सङ्क्रमण पुष्ट भएपछि सङ्क्रमितको कुल सङ्ख्या १०,०३,८३२ पुगेको हो। सरकारी तथ्याङ्कले अहिलेसम्म भारतमा २५,००० भन्दा बढी मानिसको मृत्यु भएको र ६,००,००० जना निको भएको देखाउँछ।यो Twitter पोस्ट छोड्नुहोस्, 1 Twitter पोस्ट समाप्त, 1 भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित छन्। राजधानी दिल्ली त्यसपछि तेस्रो स्थानमा आउँछ। महाराष्ट्रमा अहिलेसम्म २,८४,००० जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् भने झन्डै ११,२०० जनाको…
Read More
भारतमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो

भारतमा केही दिन यता कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको छ । खुला सीमा भएका कारण भारतमा संक्रमण बढेसँगै नेपालमा पनि पनि त्यसको जोखिम नेपालमा पनि पर्ने देखिन्छ । भारतमा गएको एक दिनमा अहिलेसम्मकै सबैभन्दा बढी २७ हजार ११४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरेको हो । जुन एक दिनको अहिलेसम्मकै सबैभन्दा बढी हो । योसँगै भारतमा कुल संक्रमितको संख्या आठ लाख नाघेको छ । विश्वका कोरोना भाइरसको उच्च संक्रमण भएका मुलुकहरुमध्ये भारत तेस्रो स्थानमा छ । पहिलोमा अमेरिका र दोस्रो स्थानमा ब्राजिल रहेका छन् । भारतमा हालसम्म संक्रमणबाट २२ हजार १ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।…
Read More