INDIA-PAKISTAN

भारत-पाकिस्तान विभाजनः ‘प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ’

भारत-पाकिस्तान विभाजनः ‘प्रविधिलाई धन्यवाद, मैले आफ्नो गाउँ ७३ वर्षपछि फेरि देख्न पाएँ’

सन् १९४७ मा भारत र पाकिस्तान विभाजित हुँदा झन्डै डेढ करोड मानिसहरू विस्थापित भए भने कम्तीमा एक लाख जनाको मृत्यु भयो। कैयौँ परिवार आफ्नो ज्यान जोगाउन घर छोडेर भागे। त्यसपछि उनीहरू आफ्नो थातथलोमा कहिल्यै फर्किन पाएनन्। तर अहिले उनीहरू प्रविधिको माध्यमबाट ती क्षेत्रको भर्चूअल भ्रमण गर्न सक्छन्। त्यहाँ उनीहरूले आफू हुर्केको ठाउँ, पढेको विद्यालय र मानिसहरू समेत देख्न सक्छन्। हेर्नुहोस् यो भिडिओ।
Read More
भारतद्वारा दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारीलाई निष्कासन

भारतद्वारा दर्जनौँ पाकिस्तानी कूटनीतिक कर्मचारीलाई निष्कासन

भारतले नयाँ दिल्लीमा रहेको पाकिस्तानी उच्च आयोगमा कार्यरत आधा कर्मचारीलाई गुप्तचरी र आतङ्कवादीहरूसँग सम्पर्कमा रहेको आरोप लगाउँदै देशबाट निष्कासन गर्दैछ। भारतीय विदेश मन्त्रालयले पाकिस्तानस्थित भारतीय उच्च आयोगमा पनि सोही सङ्ख्यामा कर्मचारी कटौती गर्ने बताएको छ। पाकिस्तानी अधिकारीहरूले यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्। तर दुई आणविक शक्ति राष्ट्रबीच भारतले तीन साताअघि दुई जना पाकिस्तानी कूटनीतिज्ञलाई देश निकाला गरेपछि तनाव बढेको छ। भारतीय सेनाको आवतजावतसम्बन्धी सूचना हासिल गर्ने प्रयास गरेको आरोप उनीहरूमाथि लगाइएको थियो। भारतीय सञ्चारमाध्यमले इस्लामावादमा रहेका दुई जना भारतीय कर्मचारीलाई गरिएको भनिएको दुर्व्यवहारका कारण पछिल्लो कदम चालिएको हुन सक्ने जनाएका छन्। अघिल्लो हप्ता भारतीय सरकारले आफ्ना दुई कर्मचारीलाई पाकिस्तानले…
Read More