india china

भारतको सीमा क्षेत्रमा चीनियाँ चुनौती

भारतको सीमा क्षेत्रमा चीनियाँ चुनौती

अमेरिकी ह्वाइट हाउसले इन्डोप्यासिफिक रणनीतिक प्रतिवेदनमा भारतले सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा चीनको व्यवहारबाट भूराजनीतिक चुनौतीहरूको सामना गरिरहेको भनेको छ। विश्वमा चीनको प्रभाव बढिरहेको तर इन्डोप्यासिफिकमा चिनियाँ प्रभाव सबैभन्दा तीव्र रहेको जारी अमेरिकी प्रतिवेदनमा उल्लेख छ। अस्ट्रेलिया, भारत, जापान र अमेरिकाका विदेशमन्त्रीहरूको क्वाड मन्त्रीस्तरीय बैठकको हिस्साका इन्डोप्यासिफिक रणनीतिक प्रतिवेदन सार्वजनिक भएको ह्वाइट हाउसले जनाएको छ । क्वाड सम्बद्ध चारैजना विदेशमन्त्रीहरूले यस क्षेत्रमा चीनको भूमिकाप्रति चिन्ता व्यक्त गरेका थिए 'एलएसी (वास्तविक नियन्त्रण रेखा) मा चीनको व्यवहारले भारतलाई ठूलो प्रभाव पारेको छ,' अमेरिकी रिपोर्टमा भनिएको छ, 'यो चुनौतीले हामीलाई अर्को लोकतन्त्रसँग काम गर्ने प्रचुर अवसरहरू दिएको पनि देखेका छौं।' अमेरिकी…
Read More
भारत-चीन सीमा क्षेत्रमा आरोप-प्रत्यारोप

भारत-चीन सीमा क्षेत्रमा आरोप-प्रत्यारोप

तीन वर्षदेखि हिमालय क्षेत्रमा भारत र चीनबीच तनाउ साम्य भएको छैन हालै गलवान उपत्यकामा चिनियाँ झण्डा देखिएपछि भारत झस्किएको छ । उसले प्याङ्गोङ सो क्षेत्रमा चीनले पुलसहितका संरचना बनाइरहेको भन्दै त्यसलाई अबैधरुपमा चिनियाँ कब्जा भनेको छ। दुई देशबीच सन् २०१९ देखि सीमा क्षेत्रमा बिबाद छ। दुवैपक्षले सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाएका छन् भने सीमा क्षेत्रमा अत्याधुनिक हतियार पुऱ्याएका छन् दुबै पक्षको सैन्य तहमा पनि यसबीचमा संबाद हुँदै आएको छ, तर समाधान भइसकेको छैन । 'सीमा क्षेत्रको बस्तुस्थितिलाई गम्भीरतापूर्वक र सतर्कतापूर्वक हामी अनुगमन गरिरहेका छौं' भारतीय विदेश मन्त्रालयका प्रबक्ता अरिन्दम बाग्चीलाई उद्धृत गर्दै मीडियाले लेखेको छ । उनले चिनियाँ सुरक्षा जोखिमका प्रतिस्पर्धा…
Read More
उत्तर सिक्किम सीमामा सङ्घर्ष :भारत-चीन

उत्तर सिक्किम सीमामा सङ्घर्ष :भारत-चीन

चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ। अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्।
Read More
सीमा विवादमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त

सीमा विवादमा भारतीय र चिनियाँ सैनिकबीच भिडन्त

एजेन्सी ।  उत्तरी सिक्किमको नाकु ला सेक्टरमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्।  तीनदिनअघि सिक्किमको नाकुला पासमा उक्त झडप बताइएको छ। अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्षेत्रमा भएको भिडन्तमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनतर्फ पनि क्षति भएको विवरण आए पनि चिनियाँ अधिकारीले केही बोलेका थिएनन्। तीन दिनअघिको घटना भने चिनियाँ सैनिकको टोली भारतीय क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि नकु ला पासमा भिडन्त भएको भारतीय सैन्य अधिकारीहरूलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले…
Read More
भारतीय क्षेत्रमा चिनियाँ सैनिक

भारतीय क्षेत्रमा चिनियाँ सैनिक

 भारतीय सेनाले पूर्वी लद्दाखस्थित सीमा क्षेत्रबाट एक चिनियाँ सैनिकलाई नियन्त्रणमा लिएको जनाएको छ ।भारतीय सेनाले लद्दाखको डेमचोकस्थित भारतीय क्षेत्रमा प्रवेश गरेपछि चिनियाँ सैनिकलाई नियन्त्रणमा लिइएको जनाएको छ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उनलाई चिनियाँ सेनाको जिम्मा लगाइने जनाएको छ ।‘चिनियाँ सेनाका कर्पोरल वाङ या लङलाई एलएसी पार गरेको अवस्थामा अक्टोबर १९ मा नियन्त्रणमा लिइएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ सेनाले उनको अवस्थाबारे खोजी गरेको छ । स्थापित मान्यताअनुसार आवश्यक प्रक्रिया पूरा गरेपछि उनलाई चिनियाँ जनमुक्ति सेनासमक्ष हस्तान्तरण गरिनेछ ।’ चिनियाँ सैनिकलाई मेडिकल सुविधा, अक्सिजन, खाना तथा अन्य सुविधा उपलब्ध गराइएको पनि भारतीय सेनाले जनाएको छ । लद्दाखस्थित सीमा क्षेत्रमा भारत र चीनबीच पाँच महिनादेखि…
Read More
दुई देशले कसरी तनाव मत्थर पारे

दुई देशले कसरी तनाव मत्थर पारे

हिमाली क्षेत्रको सीमासम्बन्धी महिनौँदेखिको विवादपछि दुई छिमेकी भारत र चीनले केही दिनअघि आफ्ना सेनाहरू छिट्टै पछि हट्ने घोषणा गरेर धेरैलाई आश्चर्यमा पारे।रुसको मस्कोमा भारतीय विदेशमन्त्री एस जयशङ्कर र उनका चिनियाँ समकक्षी वाङ यीबीच तारन्तारको वार्तापछि संयुक्त घोषणा आयो। परमाणुशक्तिसम्पन्न दुई देशबीच वाक्युद्ध चर्किरहेकै बेला सेनाहरू छिट्टै पछि हट्ने घोषणा आएको हो।दिल्लीले युद्धका लागि उक्सायो भने "चिनियाँ फौजले भारतीय फौजलाई तत्कालै ठूलो झट्का दिने र उनीहरूलाई परास्त गर्ने" भनेर गत हप्ताको आरम्भतिर चिनियाँ सरकारी स्वामित्वको ग्लोबल टाइम्सले लेख्यो।
Read More
सीमामा तनाव कम गर्न भारत‍-चीन विदेशमन्त्रीबीच सहमति

सीमामा तनाव कम गर्न भारत‍-चीन विदेशमन्त्रीबीच सहमति

गोली हानाहान र अपहरणको आरोपपछि भारत र चीनले सीमा क्षेत्रमा जारी द्वन्द्वको स्थितिबाट "छिटो पछाडि हट्ने" सहमति गरेका छन् ।दुई देशका विदेशमन्त्रीहरूबीच बिहीवार मस्कोमा भएको छलफलमा सीमाको तनाव कम गर्ने सहमति भएको थियो ।बेलाबेलामा दुवै देशका सैनिकहरूबीच पूर्णरूपमा निर्धारण हुन नसकेको सीमा क्षेत्रमा बेलाबेलामा द्वन्द्व हुने गरेको छ। दुवै देशले एकअर्कालाई सीमा नाघेर आफ्नो क्षेत्रमा प्रवेश गरेको आरोपप्रत्यारोप गर्ने गरेका छन् र कुनै कुनै भिडन्तका घटनाहरू घातक समेत भएका थिए।एउटा संयुक्त वक्तव्यमा दुई शक्तिशाली राष्ट्रले 'अहिलेको अवस्था कुनै पनि पक्षको हितमा नरहेको' बताएका छन्।
Read More