06
Nov
बलिउड अभिनेता इमरान हासमीलाई हरर चलचित्रले बढी आकर्षित गर्छ । त्यसैले त उनी बलिउडमा यो विधालाई पुनः परिभाषित गर्ने कोसिस गरिरहेका फिल्ममेकरहरूसँग काम गर्न प्रेरित भइरहेका छन् । विक्रम भट्टको सन् २००२ मा निर्मित बल्कबस्टर हरर फिल्म ‘राज’बाट सहायक निर्देशकका रूपमा हिन्दी फिल्म उद्योगमा आफ्नो यात्रा सुरु गरेका ४२ वर्षीय अभिनेता हासमी यो विधाको विकासमा विशेष योगदान दिन पूरा प्रयास गरिरहेका छन् । सन् २००३ मा रिलिज भएको थ्रिलर ‘फुटपाथ’बाट अभिनेताका रूपमा करियर सुरु गरेका उनले ‘राज–द मिस्ट्री कन्टिन्युज’, ‘राज’, ‘एक थी डायन’ र ‘राज : रिबुट’लगायत हरर फिल्ममा अभिनय गरिसकेका छन् । अभिनेता हासमीले पाँच वर्षपछि कमब्याक गर्न लागेको चलचित्र…